डा. सापकोटाको नयाँ कृतिको विमोचन हुँदै


मंसिर २३ ,दाङ । साहित्यकार एबं युबा शिक्षाबिध डा. माधब सपकोटाले आफ्नो नया पुस्तक बजारमा लयाउने तयारीमा जुटेका छन ।

नेपाली बिषयबाट सानै उमेरमा विद्याबारीधि गरेका डा.सापकोटाले निकै लामो अनुसन्धान पछि बजारमा ल्याउन लागेका हुन । डा.सापकोटाको अन्तर्राष्ट्रिय स्तरको अनुसन्धानत्मक ग्रन्थ ईपिक थेउरी एण्ड ट्रेडिसन को विमोचन यही मङ्सिर २९ गते विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा हुने भएको छ ।

यस ग्रन्थमा पूर्वी, पश्चिमी र केन्द्रीय महाकाव्यका साथै पूर्व र पश्चिमको महाकाव्य सिद्धान्तको अध्ययन गरिएको छ । यसको भूमिका अङ्ग्रेजी विषयका प्राध्यापक डा. गोविन्दराज भट्टराईले लेखेका छन् । भारतको बनारस हिन्दू विश्वविद्यालयको प्राध्यापक डा. दिवाकर प्रधानले पनि यसका बारेमा टिप्पणी गरेका छन् । डा. सापकोटाका अनुसार यो ग्रन्थ पूर्व र पश्चिमको महाकाव्य सिद्धान्त र पूर्वी, पश्चिमी र केन्द्रीय महाकाव्यको समेत तुलनात्मक रूपमा अध्ययन गरिएको विश्वकै पहिलो अनुसन्धानमूलक ग्रन्थ हो ।

उक्त कार्यक्रममा अतिथि त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठी रहनुहुनेछ भने उक्त कार्यक्रमलाई काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । काठमाण्डौंलाई कर्मस्थान बनाएका डा. सपकोटा स्थाई घर चाहि दाङ तुलसीपुर ८,९ कट्कुइयामा पर्छ ।

२०७५ मंसिर २३,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको