जनपरिषद रुकुम द्वारा अग्निपिडितलाई राहत एवम् श्रमदान


मङ्सिर २३, रुकुम । नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको जनपरिषद रुकुमले आगलागीबाट पिडितलाई राहात र श्रमदान प्रदान गरेको छ ।

रुकुमको अाठबिसकोट नगरपालिका वार्ड नम्बर ३ का अग्निपिडित हर्कबिर नेपालीको परिवारलाई रु ७५,००० हजार नगद सहयोग गरेको हो । आर्थिक सहयोग संगै १३ जना पार्टीका नेता तथा कार्यकर्ताले ५ दिन सम्म जनश्रमदान गरेका छन ।

आइतबार अाठबिसकोटमा अायोजित राहत वितरण कार्यक्रममा बोल्दै जिल्ला जनपरिषद प्रमुख चन्द्र बहादुर खडकाले जनता सगँ जनपरिषद सगै हातेमालो गर्ने बताए । कार्यक्रममा बिशेष अतिथि तथा जिल्ला सेक्रेटरी चन्द्र बहादुर बुढाले जनताका दुखसुखमा अाफ्नो पार्टीले सधैं हातेमालो गर्दै जाने जनाएका थिए ।

सेक्रेटरी बुढाले जनताका अाधारभुत अावश्यकता बारे पार्टी गम्भीर बनेको र यस्ता घटनाहरुमा सहयोग एवम् सहकार्य गर्ने समेत बताएका थिए ।

 

 

 

२३ मंसिर २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको