नेकपाको जनसरकारद्वारा खनिएको सडक प्रकाण्ड द्वारा अवलोकन (तस्बिरहरु)


मङ्सिर २३, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको जनसरकारद्वारा खनिएको कालिकोटको नरहरिनाथ गाउँपालिका वार्ड ६ माल्कोट पुग्ने ग्रामीण सडकखण्डको सडक बाटो नेकपाका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डले अवलोकन गरेका छन ।

नेकपाले सञ्चालन गरेको जनसत्ताको पहलमा खनिएको उक्त ग्रामीण सडकको पार्टी प्रवक्ता प्रकाण्ड, पार्टीका केन्द्रीय सदस्य एवम् कर्णाली ब्युरो ईन्चार्ज एटम, केन्द्रीय सदस्य अादर्श, कालिकोट जिल्ला ईन्चार्ज समर, क्रान्तिकारी पत्रकार सँगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, जुम्ला जिल्ला सेक्रेटेरी सुप्रभात लगाएतको टोलीले अवलोकन गरेको हो ।

झण्डै साढे ५ किमि पर्ने सडक मध्य ३ किमि सडक खनिएको छ भने बाकी सडक खन्ने कार्य जारी छ । सडक खन्ने सिलसिलामा बिचमा ठुलो चट्टान अाएपछि केही समयलाई खन्ने काम रोकिए पनि अब लगत्तै खन्न सुरु गरिने सडक उपभोक्ता समितिका अध्यक्ष बल बहादुर बुढा अविचलले बताए ।

अवलोकनको क्रममा प्रवक्ता प्रकाण्डलाई स्थानीयले गाउँका विभिन्न समस्या समेत सुनाएका थिए । प्रकाण्डले जवाफमा भष्ट्र र दलाल सरकारले विकासको काम अल्झाएको भन्दै भष्ट्रका बिरुद्ध सर्घष गर्नुपर्ने बताएका थिए ।

झण्डै ढेड बर्ष पछि गाउँ पुगेका प्रवक्ता प्रकाण्डलाई विभिन्न गाउँमा गाजाबाजा सहित गाउँमा भब्य स्वागत एवम् अभिनन्दन गरेका थिए । लामो समयको हिरासत बसाइँ पछि पहिलो पटक अाफ्नो गाउँ पुगेका प्रवक्ता प्रकाण्डलाई देखेपछि कतिपय गाउँमा स्थानीयहरु भाबुक बन्दै अँकमाल समेत गरेका थिए ।

वर्तमान सरकार प्रति अाक्रोसित नारा लगाउदै माल्कोटबासिले संसदिय व्यवस्था खारेज गर, वैज्ञानिक समाजबाद लागु गर भन्दै गाँजाबाजा सहित स्वागत गरेका थिए ।

स्वागत पछि स्थानीयलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले शहिदका सपना बेचेर खानेहरुका विरुद्ध एकपटक फेरि सर्घष सहित तपाईंहरूको साथ चाहिएको भन्दै जनतालाई अन्तिम क्रान्तिको लागि साथ दिन र तयारी अवस्थामा बस्न अनुरोध गरेका थिए ।

 

 

 

२३ मंसिर २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको