विप्लवलाई पुर्बजनमुक्ति सेनाको खुल्ला पत्र : ‘प्रचण्डले हामीलाई बेचे, तपाई नबेच्नु’


पुर्व जनमुक्ति सेना – टिकाराम ओली ‘कामरेड जित’/पोष्टपाटी ।

आदरणीय महासचिव कमरेड क्रान्तिकारी दरिलो रातो सलाम ।

आज संन्सारमा युद्ध – आन्दोलन र हत्या हिंसाको जन्म पुजीवादीहरुले सिर्जना गरेको अपराध हो । पुजीवादीहरुले मानिसको बाच्ने अधिकारलाई बिभाजन गरि एकाअर्कालाई दुरुपयोग गरिरहेका छन् । यस महाअपराधको विरुद्ध संसारमा मानिसहरु बाँच्नको लागी पुजीवादी कुसस्कारको विरुद्ध अधिकार अनेकौं भासा भित्र मानव जातिको सुन्दर कल्पना गरेको देखिन्छ।

आज असल मान्छेहरु आफ्नो लागी होइन संन्सारलाई नै कसरी असल बनाएर बचाउने भन्ने अनेक कोसिस गरेको पाइन्छ ।आज त्यही पुजीवादी व्यवस्थाको विरुद्ध तयार तपाईंको कदम साच्चिकै इतिहासले तपाईंलाई गहिरो संकटको बेला महान जिम्मेवारी सुम्पेको भान भएको छ ।

तपाईंको असल चरीत्र भित्र लाखौं मान्छेले मानिस भएर बाँच्न सक्नेछन् भन्ने कल्पना गर्न थालिएको छ ।

पुजिवादले आफ्नो सोच्नेहरुको विरुद्ध तपाईंबाट सुरु भएको ‘आफ्नो लागि मात्र होइन, अरुको लागि लड्नु पर्छ’ । शान्तिको लागी क्रान्ति अनिवार्य हुन्छ । यस्तो क्रान्ति आवश्यक छ, जसअनुसार प्रत्येक मानिस बाच्न सक्नेछन् । सबैले विभेद भोग्नु पर्ने छैन। सबै नागरिकको बराबर अधिकार रहनेछ ।

मैले यसो कल्पना गरिरहदा नेतृत्वलाई थप जिम्मेवारीको सुझाव दिनु अनेथा नहोला । केहि जिम्मेवार कमरेड साथीहरूले मलाई आलोचना पनि गर्नु भएको छ । नेतृत्वलाई आबस्यकता भन्दा बढी प्रचण्डकरण गर्नु भयो भनेर । तर पनि मैले देखेको र अनुभव गरेको नेतृत्व तपाईलाई सर्वहारा वर्गको नेतृत्वमा स्थापित गर्नको लागी मैले निरन्तर समाजले मागेको र खोजेको र सबैको चाहाना अनुसारको सल्लाह सुझाव र जिज्ञासा् सहित सहि नेतृत्व देख्न चाहेको मात्र हो ।

र पुजीवादी पार्टीहरु भन्दा तपाईको पार्टी फरक रहोस् भन्ने चाहना पनि हो ।

अहिले नेतृत्व प्रति सबैको विश्वासिलो मुहार देखिन्छ । तर सामाजिक हिसाबले अपुग र महत्वकांक्षा बढी भएको महसुस गरिएको छ । हुन त यो दलालीकरण भएको देशमा मुनाफाकरण नै राजनीतिक पेसा भएको छ । प्रत्येक भोटमा रङ्ग बदलिन्छ तर व्यवस्था त्यहीँ पुरानै हुन्छ ।

आदरणीय कमरेड…!

मैले प्रवासमा रहदा पनि हजुरलाई एउटा खुल्ला पत्र लेखेको थिए । हुन त नेपाल आएपछि क्रान्तिको मैदानमा उपस्थित हुन सकेन । मनले मात्र क्रान्ति देखेर नहुदो रहेछ । न्यायको लागी लड्ने इच्छा नभएर पनि होइन । अत्याचारको विरुद्ध जुट्ने योजना नभएर पनि होइन । पारिवारिक जिम्मेवारी पुरा गर्नु पर्दाको क्षण भित्र बाध्यताको घेरा भित्र छु। अहिले स्वतन्त्र भएर अनेकौं प्रश्न गर्ने मन त थिएन तर पनि क्रान्तिको रथ उडाउने नेतृत्व तपाईं उत्तर कोरियाली राष्ट्रपति किम जोग जस्तै साहसी लिडर देखेर केहि जिज्ञासा् राख्न चाहे ।

१५ बर्षको उमेरबाट परिवर्तनको कल्पना गरेर क्रान्तिको झण्डा बोकेको युवा अहिले ३१ बर्ष पुग्दा रङ्ग बदलिएको मात्र देख्छु ।पुरानो शासकको ठाउँमा नयाँ शासक स्थापित मात्र देखिन्छ ।

यो बिचमा गणतन्त्र आयो संविधान बन्यो । सरकारमा पुग्नेहरु ९-९ महिना पुगिरहे । कहाँ परिवर्तन भयो को को परिवर्तन भएका छन् त्यो सबैलाई राम्रो संग थाहा भएकै हो ।

हामी श्रम बेच्न कहिले खाडीको प्रचण्ड गर्मीमा हुन्छौं । अब परिवर्तन हुन्छ कि भन्दाभन्दै बर्ष बित्यो र दिन बित्यो रात बित्यो तर त्यही पुजिवादको घेरा मै रहिरह्यौ । मजदुरहरु अध्यारो रातमा आँशु बगाउन विवश छन् । किसानको उत्पादन आयस्रोत शुन्य छ । देशमा दलालीकरणले बुर्कुसी मारिरहेको छ। गणतन्त्रमा पनि यस्तो दलालीकरण हुन्छ भनेर कल्पना नै गरिएको थिएन । संघीयता आएपछि झन्डै परिवर्तन हुन्छ भनेकाहरु ।

अहिले बोसोका पारखीहरुले संघीयताको रस चुसिरहेका छन् । भ्रष्ट, दलाल, घुसखोरी, बलात्कारीहरु हैकम जमाएर बसेका छन् । राजनीतिलाई आफ्नो पारिवारिक ब्यापार मात्र होइन ब्याक्तिगत मुनाफा गर्दै देशको आयस्रोतलाई लिलाम बनाएका सामन्तीहरुले यो देशको मुहार फेर्नेकुरा काल्पनिक नाटक मात्र भइरहन्छ।

बुर्जुवाहरुको ब्याक्तीगत मुनाफा चल्ने व्यवस्थामा देश परिवर्तन भयो भनेर दाखिला गर्ने बुर्जुवाहरुले जनताको अधिकार कहाँ पुरा गरेका छन् ?

आदरणीय महासचिव कमरेड

श्रम र सिपलाई लिमाम बनाएर ब्यक्तिगत मुनाफा गर्ने परम्परागत व्यवस्था भित्र अनेक जालझेल छन् । मजदुरको र उत्पीडितहरुको श्रम र सिपलाई पुजिवादले व्यक्तिगत मुनाफा निकालेर मजदुरको पसिना र सिप माथि धावा बोलेका छन् ।

कसैले व्यक्तिगत मुनाफा गर्दै क्रान्ति सम्पन्न भएको देखेका छन् । कसैले मन्त्री सांसद र पद पैसा संग समुन्नत नेपाल आयो भनेर । यस आराम गरिरहेका छन् । १७ हजार भन्दा धेरै बलिदान लाखौं जनताको रगत पसिनाबाट आएको गणतन्त्र पनि तपाईं हाम्रो विरुद्ध खडा भएको छ ।

कम्युनिस्ट आन्दोलन भित्र अलि बढी नै व्यक्तिगत मुनाफा खोज्ने परम्परा सबै भन्दा घातकरुपमा देख्न सकिन्छ । समय निकै नै वलवान छ । राजाको हुकुमी तन्त्र फालेकै हो । सिहदरवारको कुर्सी पनि बदली भएकै हो । कुर्सीमा पुग्ने शासकहरु पनि बदली गरेकै हो । तर पुरानै बर्गभित्रको निरंतरता रह्यो ।

कामरेड…!

लाखौं उत्पीडित जनताले न्याय खोजेका छन् । अधिकार रोजेका छन् । सायद कसै उठ्न सकेका होलान् । उठ्न नसक्नेहरुले पनि बिहान उठ्ने बितिकै प्रथाना गरेर न्यायको भिक मागेका छन् । म एउटा मजदुर भएको नाताले सबै भन्दा पिडा र अपहेलित भइरहने मजदुरको दैनिक बारेमा तपाईं पनि मौन रहदा श्रम माराहरु उत्साहित भएका छन् ।

न्याय खोजेर बसेका लाखौं श्रमिकले तपाईंको प्रतीक्षा गरेको मात्र देखिन्छ । आसा अपेक्षालाई निराशा तिर होइन । अधिकार प्राप्ति तिर पुग्ने मार्ग खोल्नु होला । प्रत्येक राजनीतिक आन्दोलनमा धोका पाएका जनतामा । केहि राहत महसुस हुने कार्यक्रम अनिवार्य छ । स्वार्थको लागी तपाईंको पार्टी प्रवेश भएका केहि मान्छेहरुले पार्टीको नाम बेचेर पुजीवादी पार्टी भन्दा बदनाम गराउने अनेकौं हर्कत देखिन्छ । पार्टीलाई चन्दा दिएर समाजमा आतंक मच्चाउने स्वार्थबाजीहरुलाई पनि ख्याल पुराउनु होला ।

आज समाजको सबै भन्दा बदनामी मान्छेहरु तपाईंहरुलाई खोज्दै मित लगाउन खोज्ने छन् । कमिसन र फाइदाका अनेकौं चलखेल सुनिन्छ । पार्टी बन्न लामो समय लाग्यो, त्यो तपाईलाई राम्रो संग थाहा छ । बिगरिन कति समय लाग्छ त्यो पनि तपाईंलाई राम्रो संग थाहा भएकै हो ।

माओवादी आन्दोलन कति छिटो लथालिङ्ग भयो । कुन कारण प्रमुख हो भन्ने जानकार तपाईं नै हुनुहुन्छ । यहाँ पनि त्यसो नहोला भनेर कल्पना गर्न सकिन्न । आदरणीय महासचिव कमरेड माओवादी आन्दोलनले उठाउन गरेको क्रान्तिको मोर्चा भित्र हजारौं योद्धा सहिद भएपछि बाँकी पुरा गर्न रहेको क्रान्तिको जिम्मेवारी तपाईं हाम्रो काधमा आएको कुरा सत्य हो ।

यहीँ बिचमा टुक्राटुक्रा भएका मन बिचार सिद्दान्त भावनालाई जोड्दै सुन्दर बिहानी सहितको किरण छाएको छ ।

इतिहासको निर्माता जनता र युवा हुन् !

महलमा केन्द्रित कम्युनिस्ट आन्दोलनलाई जनतामा केन्द्रित गर्न सके इतिहासको निर्माता जनता हो । जनताले चाहे परिवर्तन नजिकै छ । तर उत्पीडित जनता रोएका छन् । हाम्रा सपना र चाहाना बिचमै अलपत्र पारिएको छ । सबै खाले भ्रम र जालझेल खतम बनाउनेतर्फ जुट्नुपर्छ ।

पिडा त सबैलाई छ पिडा र आक्रोश सहितको ज्वालामुखी खतरनाक हुन्छ । त्यहीबाट हुन्छ बिद्रोह क्रान्ति र परिवर्तन । परिवर्तनका बहाक जनता हुनेछन । पहिलो जनयुद्धले कसको लागी क्रान्ति पुरा गर्‍यो । कसलाई घाइते बनाएर बाघ बनाएको छ । त्यो बाघ पनि भोलि त्यही बाटो नलागोस भन्ने सबैको चाहाना हो ।

परिवर्तनको सपना बाड्नेहरुको ब्यक्तिगत परिवर्तन भएकै छ । पुजिवादले गरिबलाई दास मात्र बनाएका छैनन् । रगत र पसिना चुसेर बसेका बोसोका पारखीहरुले परिवर्तन भनेको यहीँ हो भनेर हल्ला पिटाउदै छन् । देशबाट लाखौं युवाहरु विदेश पलायन भएका छन् । देशमा भारतीय विस्तारवादको परेड मैदान भै रहेको छ ।

दुई तिहाई राष्ट्रबाद बजार हल्ला मै ठिक्क छ । पिडाको आसु बगाउन मन लाग्छ । जवानी गएर पनि होइन । महल नभएर रुन मन लागेको पनि होइन । सबै भन्दा ठुलो घाउ परिवर्तनको पर्खाइमा बसेर लागेको घाउ हो । प्रचण्ड कामरेडले दिएको धोकाले हो ।

अयोग्यको घाउ बल्झिरहेको छ ! 

आज अयोग्य कमरेडहरु गल्ली गल्लीमा नेता र मन्त्रीको घर घरमा योग्यताको कार्ड खोजिरहनु भएको छ । घाइतेहरु साथीहरु बिना पैसा अस्पतालको बेडबाट भिक मागिरहनु भएको छ । सपना देखाउनेहरु अलिसान महलमा बुढा भएका छन् । सपना देखेका बालक सडकमा युवा भएको छ । क्रान्तिको मैदान भनेको खुकुरीको धार हो, प्रेम पत्रमा प्रेमिकालाई दिने गुलाफ कदापि होइन ।

पुजिवादले पालेका गजधम्म गधाहरुले देशको स्रोत साधन हिनामिना बनाएर गुन्डागर्दी राज बनाएका छन् । त्यसमा जिम्मेवार तपाईंको र पार्टीको पनि भुमिका नहोस्, टाढै रहोस भन्ने चाहना हो ।

कलिला जवान युवाहरु डा.बाबुराम भट्टराईको जस्तो पिएचडीको सर्टिफिकेट बाेकाैंला भन्ने रहरको उमेरमा रहरलाई राँची पुराएर पासपोर्ट बोकेर खाडी पुग्दाको दु:खद पक्ष भोग्दा पनि निरह बन्नु परेको छ । क्रान्तिको झोला बोकेर कोहि सुकिला भएका छन् । घाइते अपांग आसु पिडा र छट्पटीमा बाचेका छन् ।

अयोग्य भएका साथीहरू खाली अधिकार विहीन अपहेलित गरिएका छन । सहिद परिवार र उत्पीडित जनताको मन छिया छिया पारिएको छ । सबैको आसु पुछ्दै क्रान्तिको उदघोस गर्ने साहसी लिडर तपाईंको बेग्र प्रतीक्षाको अग्नि परिक्षामा कुरिरहेका सबैले अनगिन्ती अपेक्षा राखेका छन् ।

आदरणीय महासचिव कमरेड…

पत्रको अन्तमा प्रचण्ड कामरेडले इतिहासलाई धोका दिए, यो इतिहास तपाईबाट नदोहोरियोस् । जनयुद्दलाई सफलताको चुचुरोमा पुर्याउनेहरुलाई अयोग्य बनाइयो, यस्तो कसी तपाईबाट नलागोस । जनताको सेना बेचेर माथिल्लो हुनेखाने बर्ग संग साँठगाँठ गर्ने प्रचण्ड प्रवृती फेरी पनि नजन्मियोस ।

पत्रको सारंस तपाई समक्षे पुगोस् भन्ने मेरो चाहाना हो । साथमा विभिन्न संचार माध्यमको साहेता मिल्ने छ भन्ने पनि अपेक्षा राखेको छु । सबै समस्याको समाधान महल भित्रबाट होइन जनताको झुपडी सुरुवात होस् । उहि परिवर्तनको सपना भित्र सुन्दर बिहानीको पर्खाइमा बसेको पुर्ब जनमुक्ति सेना टिकाराम वली ।

धन्यवाद !

२०७५ मंसिर २३,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको