विप्लवका सेनाहरु सडक मर्मतमा जुटे (तस्बिरहरु)


मङ्सिर २३, इलाम । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आफ्ना निकट भातृसंगठनहरु देशब्यापी संगठन सुदृढीकरण र विस्तार अभियानमा जुटेका छन । यसै क्रममा मेची ब्यूरोले सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान तिब्र पारेकाे छ ।

ब्युरोले आफ्नो रेडफोर्स र कार्यकर्ताद्वारा इलामको चुलाचुली गाउँपालिका १ वडामा श्रमदान गरि सडक निर्माण गरेको छ । ब्युरोको परिचालनमा एक किलोमिटर सडक मर्मत गरेकाे छ ।

सडक मर्मतका लागि ३५ जनाले श्रमदान गरेका थिए । सडक भत्किएका कारण स्थानीयवासीलाई अावतजावतमा समस्या भएपछि अाफूहरूले सडक मर्मत गरेकाे अभियानमा सहभागी दीपक विष्टले जानकारी दिए ।

एकीकृत क्रान्तिको उद्घोष गरेको नेकपाले जनतालाई संगठित गर्दै गाउँ देखि शहर सम्म उनीहरु संगै श्रम सहकार्य गरिरहेको छ । यता सत्ता रुढदल लगायतका अन्य पार्टीहरु भने सत्ता भत्ताको लागि केवल शहर केन्द्रित भैरहेको बेला जनताको घर आगनमा बलियो उपस्थिति जनाई रहेको नेकपाले जनतालाई संगठित गर्नसके सफलता प्राप्त गर्न सकिने रणनीतिका साथ देशभरि बिभिन्न अभियानहरु तिब्र बनाएको छ ।

विप्लवका केन्द्रिय स्तरका नेताहरु समेत विभागीय जिम्मा लिएर आ-आफ्नो कार्यक्षेत्रमा तल्लिन रहेका छन् । मङ्सिर ८ को बिशाल आमसभाबाट हौसला बटुलेको नेकपाले उच्च मनोबल लिएर बिकट बस्तिहरुमा समेत पुग्न थालेका छन् ।

हेर्नुहोस तस्बिरहरु:

 

 

 

 

२३ मंसिर २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको