बालाराम मैनाली/पोष्ट पाटी । भ्रम मानिसको चेतनाको अभाब हुदैहोईन, यो त एक अपराध हो । अपराध भनेको समाज र समाजमा बस्ने मानिसहरुको दुश्मन हो । बादशाहहरुले समाजलाई दास बनाएर आफ्नो शाशन गर्ने मन्त्रको रुपमा प्रयोग गर्छन ।
यसै बिषयमा छोटो टिप्पणी गरौ । कम्युनिष्टहरु ब्यबहार र सिद्दान्त बीच तालमेल गर्छन । तर अहिलेको कम्युनिष्ट सरकारले गर्ने भन्दा धेरै बोल्ने काम गरिरहेको छ । धेरै बोल्नु पनि भ्रममा पर्नु वा पार्नु नै हो ।
भन्नेले भनिदिए बाम सत्ता आएसि ऊ हुनेछ वा फू हुनेछ । नाताबाद, फरियाबाद, बिचौलिया, बलात्कार, भ्रस्टचारको अन्त्य हुनेछ । अनि सुसासन, समानता, समाबेशी, सदभाब युक्त मुलुक बन्ने छ । के हिमाल, के पहाड, के तराई जहाँ भएनी जन्ता सुखी रहि बाँच्ने छन । रोग, भोग, प्यासबाट मुक्ति पाऊने छन ।
तर परिणाम सुन्यमा परिणत भयो । यहि एउटा राजनितिक तथा अपराधिक भ्रम बन्यो । कारण प्रष्ट छ यो शासन ब्यबस्था जन्ताको होईन सासकको हो। नत्र पुलिस घुस खाने, अनि न्यायलय सफाय दिने । प्रशासकले राज्य लुट्ने, नेताको लागी कानून नलाग्ने । नागरिक अन्यायमा पर्ने तर न्याय नपाउने ।
यस्तै भ्रमको जालमा निर्मला काण्ड अल्झिएको छ । न्यायको कुनै गुन्जायस देखिदैन ।
त्यहि भएर भन्दा हुन्, ‘सरकार भेटिएको तर न्याय भेटिएन । यो भनाई सत्य हो तर सरकार र पार्टीका आसेपासेलाई भ्रम लाग्छ कि हाम्रो समाजमा समस्याहरु अथाह छन् भन्दा । बिकाश अलपत्रमा छन भन्दा ।
आर्को तिर घरदैलोमै समाजबाद आयो भनेर भ्रम छर्दै राज्य कोषबाट महिनौ बिदेश भ्रमण गर्नेहरु छन् । जसका ब्यबहार हेर्दा देश विदेश घुम्नकै लागि जनप्रतिनिधि तथा मन्त्रि भएको आभास दिईरहेका छन् ।
अब नयाँ युगको सुरुवात भयो भन्दै, बिजुलिका पोलमा पोस्टर टागेर हल्ला गर्नु यो पनि एउटा भ्रम हो । केही मिडिया र आसेपासेलाई अघिपछि राखेर नयाँ युग सुरुभयो भन्दैमा नेपालमा सुशासन र समुन्नत आयो भन्नु महाभ्रम हो । ओलीका भजन मण्डलीहरुले उनकै भजन गाएर भ्रमको खेति गर्दै छन् । अर्थात देशबासीलाई भ्रमित पार्दै छन् ।
म दलिल दिन सक्छु । कुनै बेला गणतन्त्र ब्यबस्थाको खुबै बिरोध गर्ने केपी ओली आज गणतन्त्र देशको प्रधानमन्त्री भए तर उनको भित्री आत्माले गणतन्त्र स्वीकार गर्न सकेको छैन । गणतन्त्र प्रति कट्टर बिरोधी ओलिको अन्तर्यमा खोट छ, अर्थात स्वार्थ पूर्तिका लागि गणतन्त्र स्वीकार गरेको मान्न सकिन्छ ।
फलस्वरुप उनले हाँकी रहेको कम्युनिष्ट व्यवस्था, परम्परागत ब्यबस्था भन्दा फरक छैन, जस्को कारण फेल भैरहेको छ ।
मेरो टिप्पणी कुनै मानिसहरु प्रति होईन, उनीहरुको नियत प्रति हो । कारण प्रष्ट छ, पुरानै बिरासत बोकेको कम्युनिष्ट सरकार दिनप्रतिदिन बद्नाम हुँदै गएको छ । करिव एकबर्षको नजिक पुगेको बाम सरकारले जनतालाई आस्वस्त बनाउने कुनै कार्य गरेको छैन ।
त्यसैले कम्युनिष्ट सरकार ठुलो भ्रममा अल्झिदै अरुलाई भ्रम पारिरहेको छ । तर समाज गतिशिल छ। कसैले भ्रम छरेर समाजमा बस्ने मानिसहरु संधै भ्रमित भैरहन्छन भन्नु मुर्खता हुनेछ ।
प्रतिक्रिया दिनुहोस