वामदेवका लागि सांसद सदस्यबाट राजीनामा गर्ने रामवीर मानन्धरको घोषणा


असोज २३, काठमाडौं । प्रतिनिधि सभामा काठमाडौं— ७ बाट प्रतिनिधित्व गर्ने सांसद रामवीर मानन्धरले सांसद सदस्य पदबाट राजीनामा गर्ने घोषणा गरेका छन् ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी मानन्धरले पार्टीले निर्णय गर्नासाथ राजीनामा गर्ने बताएका हुन् । ‘बामदेव गौतम जस्तो हाइट बनाएको नेतालाई सम्मानस्वरुप पद छोड्न तयार छु’ मानन्धरले पत्रकार सम्मेलनमा भने ।

गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा चुनावमा राप्रपाका बिक्रम थापालाई झण्डै ८ हजार मतअन्तरले पराजीत गर्दै मानन्धर विजयी भएका थिए ।

सचिवालय सदस्य वामदेव गौतमलाई संसदमा लैजान सांसद मानन्धरलाई राजीनामा गर्न लगाउने नेकपाको तयारी छ ।

२३ आश्विन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको