असोज २३, काठमाण्डौ । नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटी दुर्घटनामा परेर निधन भएको छ ।
आज बिहान ललितपुरको टिकाथलीस्थित आफ्नै घरअगाडि रुखले किचेर सख्त घाइते भएको उनको उपचारका क्रममा ललितपुरस्थित बिएण्डबी अस्तालमा निधन भएको हो ।
घाइते भएलगत्तै अध्यक्ष बोगटीलाई ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार लगिएको थियो । अस्पताल पुर्याएलगत्तै अस्पतलालले उनको निधनको पुष्टि गरेको हो । उनको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।
चलचित्र छायाँकनका लागि बोगटी स्टुडियो निर्माण गरेका बोगटी साना पर्दा तथा ठूला पर्दाका राम्रा कलाकार मानिन्थे । उनि २ बर्ष अगाडि मात्र चलचित्र कलाकार संघको अध्यक्ष पदमा विजयी भएका थिए ।
प्रतिक्रिया दिनुहोस