सुनदह युवा क्लवले दशैँमा भलिवल खेलाउँदै


सुनदह युवा क्लव रन्माले आउँदो बडा दशैंको अबशरमा भलिवल खेलाउने भएको छ । हिमाली जिल्ला रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँ पालीका वडा न. ३ सुनदह युवा क्लवले आयोजना गर्न लागेको पुरुष भलिबल, महिला भलिबल, पुरुष फुटबल लगाएत अन्य बिबिध खेलमा आयोजकले आकर्षक पुरस्कार, मेडल र प्रमाणपत्रको समेत घोषणा गरिसकेको छ । आयोजकले कर्यक्रममा सरिक भईदीन सवै खेलाडी, खेलप्रेमि, शुरुक्षाकर्मी, पत्रकार सवैलाई निमन्त्रणा समेत गरिसकेको छ ।

पुरुष भलिबल प्रथमलाई ४०००० रहेको छ भने क्रमश: द्वितीय पुरस्कार ३००००, तृतिय २०००० र सान्त्वनालाई १०००० रहेको छ । त्यस्तै महिला भलिबल तर्फ प्रथमलाई २००००, द्वितीय १५०००, तृतीय १०००० र सान्त्वना ५००० रहेको छ भने पुरुष फुटबल तर्फ प्रथमलाई १००००, द्वितीय ७००० र तृतीयलाई ५००० सहित मेडल, कप र प्रमाणपत्रको ब्यवस्था रहेको क्लवका अध्यक्ष कर्मफल बुढाले बताए । कार्यक्रम उदघाटन कार्तिक ३ गते हुने छ ।

२३ आश्विन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको