प्रदेश नं ५ सम्पर्क समिति युएईको पहिलो बैठकले पारित गरेका आगामी कार्यक्रमहरु


०५ अक्टोबर २०१८ का दिन प्रदेश नं ५ सम्पर्क समिति यूएईका अध्यक्ष राजु खड्काको अध्यक्षतामा बरदुबईको सिन्ध पन्जाब रेस्टुरामा पहिलो वैठक बसेको छ । समितिको बैठकले आगामी कार्यक्रमहरुको खाका प्रस्तुत गरेको छ । समितिका महासचिव खगेन्द्र पराजुलीले
बैठकमा दश बुंदे कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

१) learning & Development programme- प्रदेश नं ५ सम्पर्क समिति युएई कार्यसमिति सदस्य हरुको लागि हरेक ४/४ महिना मा बिषेश सिकाई तथा तालिमको लागि planning गर्न संस्थाका प्रबक्ता कुमार केसीलाई जिम्मा दिईएको छ जसमा सस्थाका अन्य सदस्य हरुले योगदान गर्ने निर्णय भएको छ ।

२) त्यस्तै सस्थाका अध्यक्ष राजु खड्का ज्यू को नेतृत्वमा युएई मा रहेका नेपालीहरुका लागि जीवनपयोगी तालिम तथा जनचेतना मुलक कार्यक्रम गर्ने निर्णय गरियो जसमा उहाले आबस्यकता अनुसार अन्य सदस्यलाई पनि जिम्वेवारी दिएर अगाडी बढ्नु हुनेछ ।

३) सस्थाको website मा राख्न को लागि FAQ तयार पार्ने र website को लागि चाहिने कन्टेन्ट तयार गर्नको लागि सस्थाका वरिस्ठ उपाध्यक्ष नरेश सेन ज्यू ले जिम्वेवारी लिनु हुनेछ साथै आवस्यकता अनुसार उहालाई सपोर्ट गर्ने टोलि बनाईने छ ।

४) विदेशमा कमाएको पैसालाई नेपालमा कसरि सहि सधुपयोग गर्न सकिन्छ र सानोतिनो लगानी मार्फत कसरि हाम्रो भबिस्य सहज बनाउन सकिन्छ भन्ने बिषयमा अध्ययन गर्न सस्थाका बरिस्ठ उपाध्यक्ष नरेश सेन ज्यू ले अध्ययन गरेर रिपोर्ट पेश गर्ने र त्यसपछि अगाडी बढ्ने निर्णय गरियो ।

५) प्रदेश ५ भित्र का जिल्ला को data संकलन गरि website मा सुचना राख्नको लागि जिल्ला संयोजक सदश्य हरुले जिम्मा लिने तर data मा के के चाहिने कसरि कसरि संकलन गर्ने भन्ने बिषय मा सस्थाका अध्यक्ष्य ज्यू ले माार्गनिर्देशन दिने निर्णय भयो ।

६) त्यस्तै Public Empowerment programme अन्तर्गत विभिन्न तालिम तथा सिप बिकासको लागि अध्यन गर्न र प्रतिबेदन पेस गर्न संस्थाका महासचिब खगेन्द्र पराजुली र प्रबक्ता कुमार केसी ले जिम्मा लिने निर्णय गरियो ।

७) यसै अक्टोबर महिना लाई केहि बिषेश कार्यक्रम गरेर सस्था र समग्र जनमानस लाई समेत लाभ मिल्ने गरि breast cancer awareness programme -2018 वा motivational speech programme को आयोजना गर्न भनि सस्था का बरिस्ठ उपाध्यक्षको संयोजनमा कार्यक्रम को बारेमा तयारी गर्ने निर्णय भयो ।

८) सस्थालाई बलियो बनाई आगामी कार्यक्रम हरु गर्न सहज होस र सबै प्रदेश नं ५ का युएई बासी नेपाली लाई एकताबध्ध गर्नको लागि सस्थाको सदस्यता वितरण गर्ने निर्णय गरियो जनको संयोजन सस्थाका उपाध्यक्ष दिलाराम ओली, सस्थाका अध्यक्ष र महासचिब ले समन्वय गरि अगाडी बढ्ने निर्णय गरियो ।

९) त्यसै गरि सस्थाको टिसर्ट र आइडी बनाउने बिसयमा पनि छलफल भयो जसको बारेमा बिस्तृत छलफल गरिनेछ ।

१०) अन्त्यमा सस्थालाई बलियो र सबै ठाउमा उपस्थित बनाउन सजिलो होस् भन्ने हेतुले विभिन्न बिभाग गठन गर्ने निर्णय भयो जसमा , महिला बिभाग, सांस्कृतिक बिभाग र खेलकुद बिभाग छिट्टै गठन गर्ने निर्णय गरियो जुन बिषय ग्रुप मा छलफल गरि निर्णय मा पुगिने गरि निर्णय भयो, साथै माथी उठाईएका बिषय र निर्णयहरुको आगामी दोस्रो हप्ता भित्रैनै समिक्षा गरि कार्यप्रारम्भ गरिनेछ ।

२३ आश्विन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको