बिना कारण कोहि रुने रहर हुने भए
पैसा बिना चल्ने कुनै सहर हुने भए
घरदेस छोडि प्रदेस किन धाउथे होला म ?
पटक पटक पिडा किन पाउथे होला म ?
ढुक्कसंग साँझ विहान फाल्न नसक्दा
अँध्यारो टुकी पनि बाल्न नसक्दा
अन्याय र अत्याचार सहे पिर्न नसकेर
साहुको ऋणको महँगो ब्याज तिर्न नसकेर
पापी साहुले मेरो घरबास सबै लिमाम गर्दा
आफन्तकै घृणा भैदो रहेछ दु:ख पर्दा
चुँदीएको सारंगीको तार जस्तै भाछु
किन आज पृथ्वीलाई भार जस्तै लाछु ?
दु:खमा आफन्त काम लाग्छ भन्ने भनाइ थियो
आफन्तलाई कालो धनले पराइ बनाइ दियो
सोध्छन् सबले कति धन कमाको छ्स भनी
परदेसमा मोज गरि रमाको छस भनी
कस्ले देख्ने मुस्कान भित्र सजिएको पिडा
गर्छन् उल्तै घृणा दु:ख पाई देश फर्किंदा
प्रदेसीमा भोगेका ती पिडा र तिरस्कार
सुनाइ दिन्थें सुन्छ भने यदि नेपाल सरकार
प्रतिक्रिया दिनुहोस