दशैंमा घोर्ले खसी


छोरो आउँछ यसपाली त भन्दैछ्न रे बाले
घोर्ले खसि ल्याउँ कि नल्याऔं भन्दैछन रे बाले

टिकाको दिन सम्म भएपनी आउ है छोरा
खुल्ला पैसा साटिसके दशैलाइ भन्दैछन रे बाले

घर अघिको बरको रुख मा पिङ हाल्दा खेरि
मलाइ नै सम्झि साथिभाइलाइ सोध्दैछन रे बाले

घर सबै टालटुल पारी कमेरोले लिपेर
दशैको सुगन्ध झिलिमिली बत्ती बाल्दैछन रे बाले

दशैको किनमेल रामपुर बजारमा गरेर
जमारा पनि राखि सके भन्दैछन रे बाले

टिको लाइदिदै प्रसाद ग्रहण गर्नेलाई
मन्दिरमा नवदुर्गा पनि पुज्दैछन रे बाले

साइत टिको थाप्न आउनु सबै भन्दै
सबै इष्टमित्र डाक्दैछन रे बाले

जेठो छोरो परदेशमै अस्तव्यस्त हुँदाखेरि
भक्कानिदै आँसु झार्दैछन रे बाले

 

२३ आश्विन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको