भदौ २३, रोल्पा । रोल्पा सुनिल स्मृति गाउँपालिका ३ रुइनिबाङमा रहेको रोल्पा सनलाइट इङलिस बोर्डिङ स्कुलले आज अन्तर्राष्ट्रिय साक्षरता र उन्चालीसऔं राष्ट्रिय शिक्षा दिवसको अवसरमा कार्यक्रम गरि आज बिधालयका प्राध्यापक नारायण बिष्टको सभापतित्वमा सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा समाजबाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जन शक्ति बिकास एवं दिगो शैक्षिक पुर्वाधार भन्ने मुल नाराका साथमा ३९औं शिक्षा दिवस भब्य रूपमा सफल पारौं र्याली सहित बिधालय देखी रुइनिबाङ बजार सुनिल स्मृति गाउँपालिका सुलिचौर बजार परिक्रमा गर्दै बिधालय प्राङ्गणमा उपस्थित भएर हाजिर जवाफ प्रतियोगितामा परिणत भएको थियो।
जसमा चार समुह मध्यमबाट रातो समुह प्रथम, हरियो समुह द्वितीय, निलो समुह तृतीय र पहेंलो समुह बाहिरीएको थियो। साथै बिजेता समुहलाइ कार्यक्रमका सभापतित्वबाट पुरस्कार समेत हस्तान्तरण गरिएको थियो भने उक्त कार्यक्रम घनश्याम महराले संचालन गरेका थिए।
प्रतिक्रिया दिनुहोस