उर्ज्याङको बिद्यालयमा भएको हाजिरी जवाफ प्रतियोगितामा जल्पा सदन प्रथम


भदौ २४, रुकुम पुर्ब । पुथा उत्तरगंगा गाउँपालीका हुकामको श्री बालकल्याण आ.वि. उर्ज्याङ हुकामले आफ्नै प्राङ्गणमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू तथा अभिभावक, विव्यसको उपस्थितिमा केही कार्यक्रमको आयोजना गरि शिक्षा दिवस मनाईएको छ । सदन स्तरीय नाटक प्रतियोगिता, “शिक्षा” शिर्षकमा कविता वाचन प्रतियोगिता, सदन स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरि तिन बिद्यामा आधारित रही कार्यक्रम सम्पन्न थियो ।

चार सदन रहेको प्रतियोगितामा स्तरीय नाटक प्रतियोगितामा फागुन्या सदन  प्रथम, ठाँकुर सदन दोस्रो, सनिपा सदन तेस्रो, जल्पा सदन चौथो स्थान प्राप्त गरेको थियो । त्यस्तै शिक्षा  शिर्षकको कविता वाचन प्रतियोगितामा फर्किपाल बिक प्रथम, अविशेक सुनार दोस्रो, सपना बिक तेस्रो स्थान प्राप्त गरेका थिए । सदन अन्तर्गत जल्पा सदन प्रथम, फागुन्या सदन दोस्रो, सनिपा सदन तेस्रो, ठाँकुर सदन चौथो स्थान प्राप्त गरेका थिए ।

२४ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको