प्रकाण्डलाई अदालतबाट सात दिनको म्याद थप


भदौ २४, दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड) माथी थप अनुसन्धान गर्न दाङ देउखुरी जिल्ला अदालतमा ७ दिनको म्याद थप गरेको छ ।

गएको शुक्रबार भोजपुरबाट दाङ ल्याईएका प्रकाण्ड अनुसन्धनका लागि पहिलो पटक ७ दिने म्याद अदालतबाट थप गरिएको दाङका प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माले जानकारी दिए।

निकै कडा सुरक्षाका साथ जिल्ला अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि म्याद थप गरिएको हो। गएको प्रतिनिधी र प्रदेशसभा निर्बाचनका क्रममा तुलसीपुरमा बम विष्फोट गराएको अभियोगमा प्रकाण्डलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न दाङ आउदा तुलसीपुर बजारमा बम बिष्फोट हुदा एक जना म्यादी प्रहरीको मृत्युभएको थियो। उक्त घटनामा बिप्लव नेतृत्व नेकपाको संलग्नता रहेको भन्दै प्रहरीले प्रकाण्डालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

२४ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको