रोल्पा तरुण दलका नगर सभापतिको हत्याबारे कांग्रेसले निकाल्यो यस्तो निस्कर्ष


भदौ २४ , काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरुण दल लिवाङ नगर समिति रोल्पाका अध्यक्ष रोहित पुनको तत्कालीन नेकपा माओवादी केन्द्रका देवबहादुर घर्तीमगर नेतृत्वको समुहले हत्या गरेको दाबी गरेको छ । आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सो समुहले पुनको हत्या गरेको दाबी गर्दै सो घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

मृतक रोहित पुन

विज्ञप्तिमा लिवाङस्थित इलाका प्रहरी कार्यालय सुलिचौरबाट घटनास्थल १५ मिटरको दुरीमा रहेको र हत्याराले गोली हान्दा प्रहरी मुकदर्शक भएको समेत आरोप लगाइएको छ । हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्न माग गर्दै विज्ञप्तिमा भनिएको छः ‘प्रहरीले मुकदर्शक भएर बस्नु र तत्कालै हत्यारालाई पक्राउ गर्न तदारुकता नदेखाउनु अत्यन्त गम्भीर र दुःखद छ । यस्ता अपराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्न नेपाल सरकारसंग नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’

आइतबार ४ः४० बजे रोल्पाको सुनिल स्मृति गाउँपालिकास्थित सुनिलचौरमा अपरान्ह गोली चल्दा पुनको मृत्यु भएको थियो ।
गोली प्रहार गर्नुको कारणका बारेमा अनुसन्धान भइरहेको रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले जानकारी दिएका छन् । पुनको छातीमा दुई र कोखामा एक राउण्ड गोली लागेको प्रहरीले जनाएको छ ।

प्रेस बिज्ञपति
आज दिउँसो रोल्पा जिल्ला स्थित सुलिचौर बजारमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता देब घर्ती  लगायत हतियारधारी समुहले नेपाल तरुण दल रोल्पा नगरपालिका अध्यक्ष रोहित पुन माथी निर्मम तरिकाले गोलि प्रहार गरि हत्या गरेका छन।इलका प्रहरी कार्यलय बाट पन्ध्र मिटर दुरिमा मात्र रहेको घटनास्थल सुलिचौरमा कम्युनिस्ट सरकारको आडमा सत्ताधारी पार्टीका कार्यकर्ताले कानुन आफ्नो हातमा लियर अपाराधिक र आतंककारी शैलीमा गरिएको यो जघन्य हत्याको नेपाल तरुण दल घोर भ्रत्सना गर्दछ।

सत्ताको आडमा गरिएको यो अपराधीक घटनाको हत्याराहरुलाइ तत्काल कडा भन्दा कडा कार्बाहिको जोडदार माग गर्दछ। यो आततायी, दुखद र असयै घटनाले हामिलाइ स्तब्ध र आक्रोशित बनायको छ। नेपाल तरुण दल यो नालयक सरकारलाई जनताको जिउ धनको सुरक्षा र अपराधी लाई संरक्षण गर्ने बाटोमा नलाग्न चेतावनी दिन चाहन्छ। अन्यथा यो सर्बसत्ता बादी सरकारको बिरोधमा आन्दोलनको आधिबेरी सिर्जना गर्न तरुण दल बाध्य हुनेछ। जयनेपाल

भुपेन्द्र जंग शाही
महासचिव
नेपाल तरुण दल

२४ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको