रोल्पामा गोली चल्यो, तरूण दलका नेताको हत्या


भदौ २४, काठमाडौं । रोल्पा नगरपालिका तरुण दलका अध्यक्ष रोहित पुनको गोली हानी हत्या भएको छ ।

मृतक रोहित पुन

रोल्पाको सुलिचौरमा पाण्डेश्वरी यातायात प्रालिको उदघाटन गर्न पुगेका उनको गोली हानी हत्या गरिएको थियो । उनलाई देव भन्ने व्यक्तिले गोली हानेका थिए । उनको साथबाट एकथान कटुवा पेस्टोल बरामद भएको छ ।

गोली हानेपछि देवले प्रहरीसँग आत्मसमर्पण गरेका छन् ।  प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले घटनाको पुष्टि गर्दै गोली हान्ने व्यक्ति प्रहरी नियन्त्रणमा रहेएको बताए ।

प्रहरीका अनुसार रोहितलाई सुलिचौरमा रहेको एक रेष्टुरेन्टमा गोली हानिएको थियो । घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो ।

गोली हान्ने र मारिने दुबैजना रोल्पाकै सिमलवाङमा भएको एउटा घटनामा जेल परेका थिए । स्रोतका अनुसार रिसबाङका एक युवकको हत्या घटनामा जिल्ला कारागारमा कैदी रहेका पुन सरकारले माफी दिएपछि करिव एक वर्षअघि जेलमुक्त भएका थिए ।

गोली प्रहारको आरोपमा पक्राउ परेका घर्तीपनि विभिन्न घटनामा कारागारमा कैद भुक्तान गरी निस्किएको सुरक्षा स्रोतले जनाएको छ ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । रिसइवीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ । घटनामा संलग्न केही युवा फरार रहेको प्रहरीले जनाएको छ ।

यसैबीच कांग्रेसले घटनाको भत्र्सना गरेको छ । साथै इलाका प्रहरी कार्यालय सुलिचौरबाट १५ मिटरको दुरीमा घटना हुँदा पनि प्रहरी मुकदर्शक भएको भन्दै कांग्रेसले यस्ता अपराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

२४ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको