भेरी–बबई डाइभर्सन: भेरी करिडोरका लागि झण्डै २ अर्ब बजेट


भाद्र २४, सुर्खेत । राष्ट्रिय गौरवको बहुउद्मेश्य आयोजना भेरी–बबई डाइभर्सन अन्तर्गतको भेरी करिडोर क्षेत्रको सुर्खेतको घोडेटा देखि घाटगाउँसम्म भेरी नदीको दुवैतर्फ सिँचाइ का लागी उच्च स्तरिय कुलाहरूको निमार्ण तथा स्तरोन्नति सहितका काम शुचारू गर्नका लागी करिब २ अर्ब लायतको टेन्डर आह्वान गर्ने तयारी गरिहेको भेरी करिडोर कार्यक्रमका सिनियर डिभिजनल इञ्जिनियर मनोज थापाले जानकारी दिए।

‘भेरी–बबई डाइभर्सनको सुरुङ मार्ग खन्न अब साढे ४ किलोमिटर मात्र बाँकी रहेको र सोही कार्यको प्रगतिका कारण आयोजनाले अन्य कार्यहरू प्रारम्भ गर्ने लागीएको बताए।

उनले भने “हामीले विभिन्न चरणका कार्यको गुरुयोजना बनाइसकेका छौं।” आयोजनाले घोडेटादेखि घाटगाउँसम्म पानी लिफ््िटङ गर्ने व्यवस्था बनाई, जीर्ण अस्थामा रहेका सिँचाइ कुलाहरूको स्तरोन्नति तथा नयाँ कुलाहरुको निर्माण गर्ने जस्ता कायहरु गुरुयोजना भित्र समाबेश गरीएको बताए।

त्यस क्षेत्रमा भेरी नदीको दुवैतर्फ सोलार र विद्युतीय पानी लिफ्टिङ गर्नका लागि करीब एक अर्ब लाग्ने आयोजनाको अध्ययनले देखाएता पनि त्यो नै अन्तिम नभएको बताए। उनले भने, ‘उक्त क्षेत्रमा रहेका जीर्ण सिँचाइ कुलाहरू पनि निर्माण गर्ने आयोजनाको लक्ष्य छ । यसका लागि करीब एक अर्ब बजेट आयोजनाले लगानी गर्ने र यी योजनाका लागि असोज पहिलो साताभित्रै टेन्डर आह्वान भइसक्ने छ ।

सिनियर डिभिजनल इञ्जिनियर थापाका अनुसार आयोजनाले भौतिक संरचनाहरू निर्माण, पावर हाउस निर्माण गर्ने, विद्युतीय प्रशारण लाइन विस्तार गर्ने, टर्वाइन राख्नेजस्ता कामहरूको गुरुयोजना निर्माण कार्य अन्तिम चरणमा पु¥याएको र सम्भवतः त्यसका लागि आगामी असोजको अन्तिम सातासम्म टेण्डर प्रक्रिया शुरू हुनेछ,’ उनले भने, ‘यसअघि सुरुङ निर्माणका कारण केही शंका उपशंका रहेका कारण हामीले टेण्डर प्रक्रिया अगाडि बढाउन सकेका थिएनौं । अब दुर्त गतिमा निर्माण कार्य शुरू हुन्छ ।’

आयोजनाले प्रभावित सिँचाइ पुगेका ठाउँहरूलाई बजारको सहज पहुँचाका लागि पहुँच मार्ग सुधार गर्ने कार्यक्रम पनि रहेको बताए। ‘आयाजनाले नयाँ सडक त नबनाउने, तर जनताले उब्जाउ गरेका सामाग्रीलाई बजारमा सहज पहुँचका लागि त्यहाँ रहेका सडकहरूको स्तरउन्नती गर्ने कार्यक्रम रहेको बताए।

निर्माणधीन राष्ट्रिय गौरवको आयोजना चीनिया कम्पनी चाइना ओभरसिजले काम गरिरहेको छ। निर्माण कम्पनीले अपेक्षाभन्दा तीव्र काम अगाडि बढाएको छ। तीन चरणमा निर्माण सम्पन्न गरिने उक्त आयोजनाको पहिलो चरणमा १२ किलोमिटर सुरुङ खनिरहेको छ भने दोस्रो चरणमा ४८ मेगावाटको बिधुत्् निकाली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। तेस्रो चरणमा सिँचाइका लागि काम गर्ने आयोवनाले बताएको छ।

करीब १७ अर्ब रुपैयाँको लागतबाट बन्ने सो आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सुविधा पुग्नेछ। करीब १ सय २५ किलोमिटर क्षेत्रमा सिँचाइ, ग्रामीण सडक र विद्युती करणका काम समेत गर्ने छ। सिँचाइ विभाग र चाइना ओभरसिजबीच २०७१ माघ १६ गते ठेक्का सम्झौता भएको थियो भने आयोजना पूरा भएपछि भेरीको पानी प्रतिसेकेण्ड ४० घनमिटर का दरले बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत्् उत्पादन गर्ने र यही पानीले बाँके–बर्दियाका जमीनमा सिँचाइ पु¥याउने आयोजनाको लक्ष्य रहेको छ।

२४ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको