ब्लड मनि तिरेको २१ दिनमै साउदी जेलबाट दिल बहादुर घर्ति जेलमुक्त


भदौ २४, रोल्पा। साउदी जेलमा ब्लडमनी सजाय भोगिरहेका दिलबहादुर घर्ति ६७ लाख रुपैयाँ तिरेपछी रिहा भएका छन । तोकिएको ब्लडमनि रकम तिरेको २१ दिनमा यहि सुक्रबार भदौ २१ गते नेपाली दूतावास साउदीको रोबरमा उनि रिहा भएका हुन ।

फोटो फाइलबाट

साउदी अदालतले रिहाई गरेपनि दिल बहादुर जेल पर्दा उनी कार्यरत कम्पनिमा कागजी प्रक्रिया र अन्य कानूनी प्रक्रिया बाँकी रहेकोले साउदीको नियम अनुसार उनलाई अहिले ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ। कागजी प्रक्रिया मिलाएर छिट्टै नेपाल झिकाउने दिल बहादरु बचाउ मूल समितिका संयोजक दिपेश पुनले बताएका छन्।

अभियन्ता दिपेश पुनका अनुसार ९० दिनको अबधिमा अभियान पुरागरि, रकम बुझाएको ठिक २१ दिनमा दिलबहादुर साउदिको जेलबाट रिहाई भएका हुन्।

अब उनलाई चांडै नेपाल पठाउनका लागि कानुनि प्रक्रिया मिलाउन साउदी स्थित नेपाली दुतावास प्रत्यक्ष लागिरहेको जन प्रगतिशील मंच साउदीका महासचिव बाबुलाल बुढाले पोष्टपाटीलाई जानकारी दिए।

दिलबहादुरले चलाएको ट्रकले साउदी नागरिक ओतिन विन दिगफाको मृत्यु भएपछि अदालतले २ लाख २५ हजार साउदी रियाल ब्लडमनी दिनुपर्ने फैसला गरेको थियो । २०७३ जेठ ३१ गतेको उक्त दुर्घटनाका कारण उनी जेल परेका थिए ।

दिल बहादुरलाई ब्लड मनि सजाय सुनाए पछी देश तथा विदेशबाट दिल बहादुर बचाउ अभियान चलेको थियो।

नेपालबाट दिपेश पुनको संयोजकत्वमा दिलबहादुर वचाउन ब्लडमनी संकलन मूल समिति गठन भएको थियो र देश बिदेशमा रहेका विभिन्न संस्थाहरुले ब्लडमनि संकलन गरेर मूलसमितिलाई बुझाएका थिए।

सम्बन्धित समाचारहरु पढ्नुस

२४ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको