साउन २४, रोल्पा । सुनिल स्मृति गाउँपालिका ७ तेबाङ र लुङग्री गाउँपालिका ३ सिर्प जुदुङखोला गाउँको प्रवेश द्वार जुदुङखोलामा पक्की पुल नबन्दा स्थानीयहरुले सास्ती भोग्नु परेको छ ।
मौसम परिवर्तन संगै वर्षायाम लागेपछि त्यसतर्फ आवतजावत गर्ने सवारी साधनलाई समेत समस्या पर्ने गरेको छ । बर्षा याममा खोलाको बहाव बढेपछि आवतजावत ठप्प हुने गाडी ड्राइभरहरुको गुनासो छ।
उक्त मोटर बाटो २०६४ सालमा बनेको हो । १० वर्ष बितिसक्दा पनि यस ठाउँमा पक्की पुल अझैसम्म बन्ने सुरसार समेत देखिदैन । सरोकारवालाहरु पनि पक्की पुल निर्माण योजना बारे कसैले चासो देखाएको देखिदैन ।
खोलाको बहाव बढे संगै गाडी आवातजावत गर्न नसक्दा हालको सुनिल स्मृति ७ तेवाङ र लुङग्री ३ जुदुङखोला साथै छिमेकी जिल्ला प्युठानका स्थानीयले दुख पाइरहेका छन । यस बिषयमा उपल्लो निकायलाई ध्यानाकर्षण गराउदा पनि कुनै चासो समेत नदिइएको तेबाङ वडाका अध्यक्ष मानसिङ पुनले बताए।
यो ७ नम्बर वडा गाउँपालिका केन्द्र सुलिचौर देखी तेबाङ सम्मको ११ किलोमीटर रहेको छ । उक्त गाउँको कुल ६५० घरधुरी छन। यस वडाको लगभग साबिकको सबै वडामा मोटरबाटो पुगिसकेको भए पनि मोटरबाटोको स्थर उन्नतिमा वृद्धि नहुदा कस्टकर यात्रा गरिरहेका छन ।
यो मोटरबाटो प्युठान जिल्ला संग पनि जोडिएको हुंदा प्युठानको नौ बहिनी गाउँपालिका ८ मैनामारे र प्युठान नगरपालिकाको जुम्री काडा चेन्जा बासिले समेत यो मोटरबाटो उपयोग गर्दै आइरहेका छन । प्युठान बाग्दुला सम्म उक्त रोड जोडे झनै स्थानीय बासीलाइ सुबिधा हुने लुङग्री ३ सिर्प जुदुङखोलाका वडा अध्यक्ष निम बहादुर खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस