साउन २४, काठमाडौं । गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी देखिएका छन् ।
विशेष अदालतले लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै बिहीबार सजाय सुनाएको छ । लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै ५ जेठ ०७० मा मुद्दा दर्ता भएको थियो ।
बिशेष अदालतका रजिष्टार नारायण पोखरेलका अनुसार लामालाई १ वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यहि अनुसार सम्पत्ति जफत हुने फैसला सुनाएको हो ।
अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको मुद्दा फैसला गरेको हो । उनी अहिले केन्द्रीय कारागारमा छन् ।
प्रतिक्रिया दिनुहोस