साउन २४, दाङ । नवलपरासी जिल्लाको गैडाकोट–५ मा २०६९ सालमा स्थापना भएको विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले यत्तिबेला क्रमशः दंगाली जनताको मन जित्न थालेको छ ।
नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत–पत्र प्राप्त गरेको यस वित्तिय संस्थाले हाल नेपालका २६ जिल्लाहरुका विभिन्न स्थानमा ५० बढी शाखा कार्यालयहरु स्थापना गरि काम गरिरहेको र देशका ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य रहेको संस्थाका घोराही शाखा प्रमुख अजय गौतमले जानकारी दिए ।
राज्यले अवलम्वन गरेको गरिवी निवारणको नितीलाई आत्मसात गर्दै अति विपन्न समुदायको आर्थीक तथा सामाजिक हैसियत उकास्ने र समुदायका मानिसहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर गराउने महान उद्देश्यका साथ अगाडी बढेको यस संस्थाले आजभन्दा करिब ४ बर्ष अगाडी दाङको घोराहीमा शाखा कार्यालय स्थापना गरेको गौतमले बताए ।
अहिले सम्म घोराही शाखा अन्र्तगतका विभिन्न स्थानहरुमा ७८ वटा समुहहरु गठन भएका छन् भने १ हजार तिनसय बढी समुह सदस्य संख्या रहेका छन् । जिल्लाका अति दुर्गम स्थलहरु सैघा, स्यूजा, बंगलाचुली, हर्नक, काभे्र लगायतका स्थानहरुमा हाम्रो लघुवित्तको सिष्टममा जनताहरु निकै आकर्षित भएका छन् उनले भने । देउखुरी छोडेर घोराही उपत्यकामा मात्र कुल ६ करोड रुपियाँ कर्जा लगानी भएको छ भने सदस्यहरुको बचत १ करोड ७० लाख पुगेको गौतमले जानकारी दिए ।
बिगत दुई बर्ष अगाडी देउखुरीको गढवामा यसको शाखा विस्तार भएको हो । म स्थापना कालदेखि नै शाखाको प्रमुख भएर आएको हुँ, अहिले सम्म गढवा, लमही र राजपुर गाउँपालिकाका विभिन्न गाउँहरुमा गरि ५० बढी समुहहरु बनेका छन् भने ५ सय बढी समुह सदस्यहरुको संख्या पुगेको छ, संस्थाका गढवा शाखा प्रमुख नविन अधिकारीले देउखुरी टुडेलाई बताए ।
समुह सदस्यहरुले मासीक बचत गर्नु हुन्छ, समूहकै सदस्यहरु विच कर्जा लगानी हुन्छ र ऋण लिए वापत ऋणको विमाको ब्यवस्था समेत हुने गर्छ, त्यसैले पनि यस संस्थाप्रति दंगालीको लोकप्रियता बढ्दै गएको छ, शाखा प्रमुख अधिकारीले बताए ।
दुई बर्ष अगाडी देउखुरीको गढवामा शाखा विस्तार गरि देउखुरीवासी जनताहरुको पनि मन जित्न थालेको समुहमा आवद्ध सदस्य गढवा–७ झारबैरा निवासी फर्मा चौधरीले बताईन् ।
सस्तो ब्यजदरमा ऋण लिएर स्वरोजगार बन्न पाएको छु, उनले बताईन् । बैंकहरुमा धितो लिन थाल्यो भने दुनियाभरको झञ्जटीलो प्रकृया बेहोर्नु पर्छ तर यस लघुवित्तमा ऋण लिन कुनै धितो नै लाग्दैन, यसैले पनि विजय लघुवित्त हाम्रा लागि लोकप्रिय छ, गढवा–६ निवासी शोभासिंह ठकुरीले बताइन् ।
विजय लघुवित्त वित्तिय संस्था नेपाल अधिराज्यकै चर्चित संस्था हो । कुल तिन हजार एक सय बढी शेयर सदस्यहरु आवद्ध रहेको यस संस्थाले नवलपरासीको गैंडाकोटमा विजय एफ.एम्. पनि संचालन गरेको धेरै बर्ष भइ सकेको छ । एफ.एम.मात्र होईन विजय विकास स्रोतकेन्द्र, विजय शिक्षा सदन, बिकु सहकारी लगायत विजय परिवारका नामले नेपालमै प्रख्यात रहेका छन् ।
बिकु सहकारीले नेपालमै संभवतः पहिलो सहकारीको रुपमा ए.टि.एम. सेवा समेत प्रदान गरेको संस्थाले जनाएको छ । यस संस्थाको गतिविधीको अध्ययन अवलोकन गरेर सिको गर्नका लागि नेपालका विभिन्न जिल्लाहरुबाट अध्ययन भ्रमण समेत हुने गरेको पाईएको छ ।
यस लघुवित्तको मुख्य बिशेषता अन्तर्गत विना धितोको ३ लाख सम्म र धितो राखेर रु.१० लाख सम्म समुह सदस्यहरुलाई ऋण दिने गरेको छ । मासीक रुपमा साँवा ब्याज भुक्तानी गर्न पाईने हुँदा समुह सदस्यहरुलाई ऋण चुक्ता गर्न सहज हुने भएको ऋणीहरुले बताउँछन् ।
धेरै लघुवित्तहरुले महिलाहरुलाई मात्र समुहमा आवद्ध गरि ऋण लगानी गरिरहेको समयमा यस लघुवित्तले पुरुषहरुलाई समेत समुहमा आवद्धगरि आफ्नो सेवा सुविधा प्रदान गर्ने गरेकाले पनि यसको लोकप्रियता झनै बढेको समुहमा आवद्ध सदस्यहरु बताउँछन् ।
यस लघुवित्तले हालसम्म दाङको घोराही र गढवा, बग्लुङ, म्याग्दी, पर्वत, लम्जुङको कर्पुटार र सुन्दरबजार नवलपरासीको अरुङखोला, रजहर र जमुनिया, चितवनको पार्वतीपुर, माडी, कालीकानगरको पदमपुर, गोर्खाको देउराली, तनहँुको भिमाद, डुमे्रबजार र बन्दीपुर, रोल्पाको लिवाङ र घर्तिगाउँ, प्युठानको वाग्दुला, सल्यानको श्रृनगर, कपुरकोट र थारमारे, अर्घाखाँचीको सन्धीखर्क, रुकुमको मुसीकोट, पाल्पाको कर्सेनी र रामपुर, हेटौंडा बजार, सिंधुली, ओखलढंगाको मानेभञ्ज्याङ र सिद्दीचरण नगरपालिका, जाजरकोटको खलंगा, उदयपुर, बाँकेको कोहलपुर र खजुरा, बर्दियाको भुरीगाँऊ, सानोश्री र माछागढ, सुर्खेतको बिरेन्द्रनगर, दैलेखको नारायण नगरपालिका लगायतका क्षेत्रमा शाखा विस्तार गरी आफ्नो सेवा प्रवाह गरेको संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस