भालुवाङमा ट्राफिक प्रहरीको सक्रियता, सवारीसाधन चेकजाँचमा कडाई


साउन २४, दाङ । अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुवाङले एक बर्षको अवधिमा झण्डै चार हजार बढी सवारी साधनहरुलाई कार्वाहीबाट भण्डै २७ लाख बढी राजश्व असुली गरेको छ ।

अस्थाई ट्राफिक प्रहरी कार्यालय भालुवाङले एक बर्षको अबधिमा चार हजार सात सय नौं सवारीसाधन कार्वाहीबाट कुल २७ लाख ८५ हजार असुली गरेको हो । ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक बर्ष २०७४/०७५ अर्थात २०७४ साउन देखि २०७५ असार मसान्त सम्म उक्त रकम असुली गरेको जनाएको छ ।

अस्थाई ट्राफिक प्रहरी कार्यालय भालुवाङ प्रहरी प्रमुख उत्तमबहादुर जिसीका अनुसार एक बर्षको अबधिमा सवारी साधन नियमित दैनिक छड्के चेक जाँचबाट उक्त राजश्व असुली भएको बताइएको छ ।

जस मध्ये साउन महिनामा ३ सय ७५ सवारी साधन कार्वाहीबाट २ लाख २५ हजार ५ सय, भदौमा ४ सय २५ सय सवारी साधन कार्वाहीबाट २ लाख ७१ हजार ५ सय, असोजमा ५ सय सवारी साधन कार्वाहीबाट ३ लाख ४१ हजार ५ सय, कार्तिकमा ५ सय सवारी साधान कार्वाहीबाट ३ लाख १३ हजार, मंसिरमा ४ सय ५० सवारी साधान कार्वाहीबाट २ लाख ७६ हजार ५ सय र पुसमा ५ सय सवारी साधान कार्वाहीबाट २ लाख ९७ हजार रुपैयाँ राजश्व असुली भएको ट्राफिक प्रहरी कार्यालय भालुवाङका ट्राफिक प्रहरी प्रमुख उत्तमबहादुर जिसी जानकारी दिए ।

त्यसैगरी माघमा ३ सय २५ सवारी साधान कार्वाहीबाट १ लाख ८८ हजार, फागुनमा ३ सय ४९ सवारी साधान कार्वाहीबाट १ लाख ४४ हजार ५ सय, चैतमा ३ सय २३ सवारी साधान कार्वाहीबाट १ लाख ७८ हजार, बैशाखमा ३ सय २५ सवारी साधन कार्वाहीबाट १ लाख ८६ हजार, जेठमा ३ सय सवारी साधान कार्वाहीमा १ लाख ६८ हजार ५ सय रुपैयाँ र असार महिनामा ३ सय ३७ सवारी साधान कार्वाहीमा १ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङका ट्राफिक प्रहरी प्रमुख जिसीले जानकारी दिए ।

जस अन्र्तगत एक बर्षकै अबधिमा ६ सय ७३ बसलाई कार्वाही गर्दा ३ लाख ७८ हजार, १ हजार ६ सय ३४ ट्रक कार्वाहीबाट ९ लाख ९६ हजार ५ सय, १ हजार २० जिपकार कार्वाहीबाट ५ लाख ४६ हजार ५ सय, १ हजार ४६ मोटरसाइल कार्वाहीबाट ६ लाख ७९ हजार ५ सय, २ सय ९९ ट्याक्टर कार्वाहीबाट १ लाख ६८ हजार ५ सय र २८ वटा टेम्पो कार्वाहीबाट ४५ हजार ५ सय राजश्व असुली भएको भालुवाङका ट्राफिक प्रहरी प्रमुख जिसीले जानकारी दिए । त्यस्तै एक बर्षकै अबधिमा १८ वटा दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।

दुर्घटना न्युनिकरणका लागि केन्द्रस्तरबाट ट्राफिक प्रहरीलाई देशभर सवारी साधन चेकजाँच कडा गर्न निर्देशन आएसंगै ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङको संयुक्त रुपमा आफ्नो कार्यक्षेत्र भित्र तथा ईलाकाका विभिन्न ठाउँहरुमा दैनिक तीन पटक नियमित छड्के सवारीसाधन चेकजाँच कडा बनाइएको छ ।

यता सवारी चेकजाँच कडा बनाएपछि जीपकारमा यात्रु झुडाउने, बसमा जथाभावी यात्रु कोच्ने, सिट क्षमता भन्दा बढी यात्रु चढाउने, मापसे गरी सवारी साधन साधन चलाउने र कागजपत्र नलिई सवारी साधन चलाउने क्रम कमी भएको र सजिलो संग यात्रा गर्न पाएको यात्रुहरुको भनाई छ ।

२४ श्रावण २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको