साउन २४, दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर–६ स्थित विश्वबैङ्क भन्ने ठाउँ रहेको छ ।
लाग्छ यो ठाउँको नाम कसैले सुन्नु भएको छ, सकैले सुन्नु भएको छैन होला । लमही नगरपालिका वडा नम्बर–६ लमही घोराही सडक खण्ड कुलमोहर देखि उत्तर तर्फ रहेको पहाडको भागलाई विश्वबैङ्क भनिन्छ । विश्वबैङ्क देखि सय मिटर अगाडि दक्षिण तर्फ खोलाको नहर देखि पहाडको पाखामा एउटा कुण्ड रहेको छ ।
लमही घोराही सडक खण्ड देखि खोलाको पखेरामा रहेको सिताभरार यति बेला पचाँसौ वर्ष देखि जिर्ण अवस्थामा रहेको छ । यसको संरक्षणको निम्ती आजसम्म कुनै स्यानिय निकायको त्यस तर्फ ध्यान जान नसकेको स्थानियहरु बताउछन् ।
राम र सिता चौध वर्ष वनबासमा निस्कीयको बेला लमही नगरपालिका वडा नम्बर ६ विश्वबैङ्क देखि दक्षिण तर्फ पहाडको पाखा नजिकैको कुण्टामा वनबास गरेको जनविश्वास रहेको स्थानिय आशा चौधरीले भनिन् ।
राम र सिताले वनबास गरेको हुनाले यो ठाउँको नाम सिताभरार रहन गयो, चौधरीले भनिन् । यति महत्व पूर्ण स्थल हाम्रै देउखुरीमा रहेको प्राय कसैलाई पनि थाहा छैन, यसको प्रचार– प्रचारको अभावले यो ओझेलमा परेको उनले भनिन् ।
यो हाम्रो बाउबाजेको पालाका मान्छेहरुले थाहापाउथे, अहिलेकाले थाहा पाउदैनन्, उनले भनिन् । आशा चौधरीकी आमा रामबहादुरी चौधरी पनि सिताभरारमा गएर पूजापाठ गरेको बताएकी छिन ।
मेरो छोरा जन्मिएको थिएन, मैले सिताभरारको कुण्टामा गएर स्नान गरी छोराको कामना गरेको पुरा भएको बताए । सिताभरारको कामनाबाट जन्मिएको छोराको नाम पनि सिताराम राखिदिएको रामबहादुरी चौधरीले बताईन् ।
स्थानिय गाउँलेहरुका अनुसार सिताभरारमा गई स्नान गरी मेगेको ईक्ष्या पुरा हुने बताउँछन् । सिताभरारमा माघेसक्रान्ति पूजापाठ र तिहारमा भैलो खेलेर वनभोजको लागि मानिसहरु आउने गरेको रामबहादुरी चौधरीले भनिन् । सिताभराम राम रसिताले स्नान गर्ने बेलामा लगाएका गहना, चप्पल राखेको निसानी र सिताको खुट्टाको पाईलाको समेत रहेको स्थानिय आशा चौधरीले बताएकि छन ।
सिताभरारको स्थलगत रिपोटिङ्को लागि लमही नगरपालिकाबाट प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीको नेतृत्वमा लमही नगरपालिकाका कर्मचारीर पत्रकारको टोली त्यो स्थानमा पुगको थियो ।
स्थलगत रिपोटिङ् अनुसार सिताभरारको संरक्षणको लागि लमही नगरपालिकाले आफूले सक्ने सहयोग गर्ने डाँगीले बताएका छन् । ओझेलमा रहेको सिताभरारको संरक्षणमा कसैको ध्यान नजादा यति बेला जिर्ण अवस्थामा रहेको छ । यसको संरक्षण कसले गर्ने भन्ने विषयमा स्थानीयहरुको प्रश्न रहेको छ ।
प्रतिक्रिया दिनुहोस