मुस्ताङ दुर्घटनाका मृतक कमानसिङको परिवार बिचल्लीमा


साउन २४, दाङ । शिबराज नगरपालिका–१ चोरखोला कपिलवस्तुकी सिरमाया रोकामगरको आँखा अझै ओभाएका छैनन् ।

गत असार २२ गते मुस्ताङमा टिप्पर दुर्घटनामा परी आफ्ना ३७ वर्षिय श्रीमान् कमानसिंह रोकामगरको मृत्यु भएपछि साना साना ३ छोराछोरी सहित उनी अहिले विचल्लीमा परेकी छिन् ।

पुर्खौली घर थबाङ गाउँपालिका–४ पुसवाङ रोल्पा भई हाल शिबराज नगरपालिका–१ चोरखोला कपिलवस्तुमा बस्दै आएको परिवार कमानसिंहकोे टिप्पर दुर्घटनामा परी मृत्यु भएपछि परिवार बिचल्लीमा परेको हो ।

घरमा कमाउने मान्छ नै मरेर गएपछि घर व्यवहार चलाउन धौ–धौ परेको मृतककी श्रीमती सिरमाया रोकामगरले बताएकी छिन् । रोकाको परिवारमा श्रीमती, दुई छोरा, एक छोरी गरी चार जनाको परिवार रहेको छ ।

परिवारमा पनि कमाउने एक मात्र जेठो छोरा पनि टिप्पर दुर्घटनामा परी बायाँ हातको पन्जा गुमाए पछि झन समस्यामा परेको छ । मृतकका छोराछोरीहरु नेपाल आर्दश नमुना मावि शिबपुरमा अध्ययनरत छन् ।

१७ वर्षिय जेठो छोरा बिजय रोकामगर कक्षा ९ मा, १५ वर्षिय छोरी सम्झना रोकामगर कक्षा ७ मा र १२ वर्षिय कान्छो छोरा राजेश रोकामगर कक्षा ६ मा अध्ययन गर्दै आएका छन् ।

मृतक परिवार चोरखोलाको सडक किनाराको जग्गामा बस्दै आएका छन् । विचल्लीमा परेको परिवारले अहिले मजदुरी , दाउरा र खर बेचेर परिवार पाल्दै आएकोमा अहिले सामुदायिकले दाउरा र खर काट्न बन्द गरेपछि कसरी बाँच्ने, छोराछोरी कसरी पढाउने चिन्ताले रुदै दिन बिताउने गरेकी छिन् ।

मुस्ताङ मजदुरी गर्न जानु भन्दा पहिले मृतक रोका घरपरिवार चलाउन समस्या परेपछि सय कडा पाँचको दरले ऋण काढेर वैदेशिक रोजगारीमा दुबई गएका थिए ।

त्यहाँ रहँदा विदेश जाँदाको ऋण सात बर्ष बिदेश बस्दा पनि तिर्न नसकेपछि घर फर्केर रोका फेरि एक महिना पन्ध्र दिन घर बसाई पछि मुस्ताङ मजदुर गर्न गएका थिए ।

मृतक परिवारलाई कम्पनीले किरिया खर्च वार्फत ५० हजार रुपैयाँ बाहेक नगरपालिका, संघ संस्था ,सम्बन्धित निकाय तथा सरकारवालाबाट पाउनुपर्ने सेवा सुबिधा पाउनबाट बञ्चित रहेका छन् ।

रोकाका जेठा छोरा बिजय रोकामगरले बुबा पछि आउने कार्यभार आफुमाथि आउँछ खै म पनि हातको अपाङ्ग छु आमा पनि सधै बिरामी हुनुहुन्छ कुनै निकायबाट अहिलेसम्म राह पनि पाएका छैनौ, आमालाई रोजगारी र हामीलाई पनि पढ्नका लागि सहयोग गरिन अनुरोध गरेका छन् ।

२४ श्रावण २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको