लमही अस्पतालको सम्पूर्ण सेवाहरु पुन: सञ्चालनमा


साउन २४, दाङ । देउखुरीको लमही नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत जन स्वास्थ्य निरीक्षक धनबहादुर खड्का, बरिष्ठ अ.हे.ब रुपनारायण चौधरी, अहेब गायत्री थापा र अनमी सितारानी चौधरीलाई विहिवार देखि हाजिर हुने गरि नगरपालिकाबाट लमही अस्पतालमा पठाइएको लमही नगरपालिकाले जानकारी दिएको छ ।

साउन एक गतेदेखि बन्द रहेको एक्सरे सेवाका लागि पनि दक्ष प्राबिधिकसंग विहिवारै सम्झौता गरेर काम शुरु भैसकेको छ । अस्पतालका एम्बुलेन्सका ड्राइभरको व्यवस्था नहुँदासम्म लमही नगरपालिकाका दमकल चालकलाई तयारि अवस्थामा राखिएको नगर प्रमुख कुलबहादुर केसीले बताएका छन् ।

लमही अस्पतालमा करारमा रहेका ९ जना कर्मचारीहरुको म्याद नविकरण नभएपछि हटाएर लमही अस्पतालको सेवा नै प्रभावित बनेका बेला लमही नगरपालिकाले नगर कार्यालयबाट कर्मचारी पठाएर सेवा सुचारु गरेको नगरपालिकाले जानकारी दिएको छ ।

लमही अस्पतालमा करारमा रहेका ९ जना कर्मचारीहरुको सम्झौता म्याद सकिए पछी अस्पताल विकास समिति, निर्णयमा उनीहरुलाई हटाइएको थियो । ती कर्मचारी हटिसके पछी अस्पतालका एम्बुलेन्स सेवा, शब बाहन सेवा, एक्सरे सेवा र ईसीजी सेवा साउन १ गतेदेखि पूर्ण रुपमा ठप्प भएका थिए ।

चौतर्फी आलोचना भैरहेको भन्दै मंगलबार लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी र उपप्रमुख देवका बेलबासेले अस्पतालका सबै कर्मचारीलाई भेटेर बस्तुस्थितिका बारेमा बुझेका थिए ।

सोही अबसरमा अस्पतालका डा. बिमलेशकुमार गुप्ताले अस्पतालमा जनशक्ति अत्यन्तै कमी भएकोले काम गर्न सहज वातावरण मिलाई दिन नगर प्रमुख केसीलाई आग्रह गरेका थिए ।

२४ श्रावण २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको