डा. केसी काण्डको छानविन अब विप्लवको टोलीले गर्नेछ– डा. प्रेमसिंह बस्न्यात (भिडियोसहित)


काठमाडौं । गोविन्द केसीको पक्राउविरुद्ध धेरैले आवाज उठाएका छन् । केही राजनीतिक दलका नेताको साथमा थुप्रै युवाहरु आन्दोलनमा नै उत्रिए । प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले केसीको पक्राउबारे आफैँलाई जानकारी नभएको अभिव्यक्ति दिएपछि त बौद्धिक वर्गका व्यक्तिहरुले पनि सरकारविरुद्ध आवाज उठाएका छन् ।

राजनीतिक विश्लेषक डा. प्रेमसिंह बस्न्यातले पनि सरकारको गतिविधिप्रति असन्तुष्टि पोखेका छन् । नेपालआजको स्टुडियोमा अन्तरवार्ता दिँदै उनले न्यायलयको कामकारवाही विरुद्ध बोलेका छन् । विश्वनाथ उपाध्यायाको पालादेखि नै न्यायालय नेता र बाहिरी शक्तिको ईशारामा चल्न थालेको उनको आरोप छ ।

‘कुन चाहीँ न्यायाधीश दुधले धोएको छ र यहाँ ?’ उनले भने । यसबाहेक राज्यशक्तिमा रहेका अधिकांश अधिकारीहरु भ्रष्ट भएको बताउँदै अहिलेको संरचनामाप्रति नै आक्रोशित बनेका थिए । उनले थपे, ‘यस्तो गरिब देशमा वकिलहरु एक पटक बोलेको मात्रै १ लाख लिन्छन् । कसको विश्वास गर्ने यहाँ ?’अर्को क्रान्तिकारी नेताको आवस्यकता औंल्याउँदै अर्को बिद्रोह चाहिएको उनले बताए ।

‘यस्तै अवस्था रहने हो भने अर्को क्रान्ति हुनेछ,’ उनले नेपालआजसँग कुरा गर्दै भने, ‘विप्लवले बिद्रोह गर्नसक्नेछन् । ’डा. बस्न्यातले आफू नेत्रविक्रम चन्द विप्लवको राजनीतिक दलसँग सम्बद्ध नभए पनि उनका पछिल्ला गतिविधिका कारण डा. केसीको काण्डको छानविन गर्नसक्ने बताएका छन् ।

प्रकाशित : २५ पुष २०७४

नेपाल आजबाट साभार

२५ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको