डा. गोविन्द केसीका पक्षमा यसरि भयो सल्यानमा साहित्यिक गोष्टी ‘कानुन अन्धो हुन्छ’


– प्रतिक चन्द

हो,
कानुन अन्धो हुन्छ
आखामा पट्टि बाधिएको
त्यसैले त,

देख्दैन अन्यायका
ठुला ठुला खाडलहरु
हो, कानुन अन्धो हुन्छ
आखामा पट्टि बाधिएको

त्यसैले त,
देख्दैन मन्चन भैरहेका
ठुला ठुला नाटकहरु
उसले त मात्र सुन्छ

मालिकको अर्डर अर्डर
भन्दै बजारेको घनको आवाज
कानुन अन्धो हुन्छ
आखामा पट्टि बाधिएको

तिमी ठगिन्छौ उसले देख्दैन
तिमी लुटिन्छौ उसले देख्दैन
तिमी कुटिन्छौ उसले देख्दैन
उसले त मात्र सुन्छ

कटघरामा तिमीलाई उभ्याई
सोधिएका अनगिन्ति प्रश्नहरु
उसले त मात्र सुन्छ
तिमी लाटो छौ

त्यसैले ठगिन्छौ,
तिमी सोझो छौ
त्यसैले लुटिन्छौ,
तिमी कमजोर छौ

त्यसैले कुटिन्छौ,
ठग्ने,लुट्ने र कुट्ने वाला
बलियो सावित भयो
त्यसैले, अर्डर अर्डर

जित उसैको भयो
भन्दै सुनाएका
मालिकका फैसलाहरु
तिमी पेस गर

जति नै ठुला सबुतहरु
तिमी ठगिएको,
तिमी पेस गर
जति नै ठुला सबुतहरु

तिमी लुटिएको,
तिमी पेस गर
जति नै ठुला सबुतहरु
तिमी कुटिएको,

कानुन अन्धो छ
आखामा पट्टि बाधिएको
देख्दैन तिम्रा सबुतहरु
उसले त मात्र सुन्छ

कालाकोटेका कू-तर्कहरु,
जसले तिम्रा सबुतहरु
सडक पेटीमा चिच्याउदै
लिलाम बनाईरहेका हुन्छन

सयमा तीन जोर सयमा तीन जोर !!

कवी प्रतिक चन्द

२५ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको