काठमाडौँ — कांग्रेस नेता तथा सांसद गगन थापाले डा. गोविन्द केसीलाई मानहानी लागाउने हो भने आफूलगायतका युवाहरुलाई पनि त्यो मानहानी लगाउन न्यायाधीशलाई चुनौती दिएका छन् ।
डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले मानहानीको आरोपमा पक्राउ गरेर मुद्दा चलाएको विरुद्धमा माइती घर मण्डलामा भेला भएका युवाहरुलाई सम्बोधन गर्दै भने, ‘श्रीमान् डा. गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई त्यो लगाइयोस्। हामी सबै जना त्यही कुरा गर्न तयार छौं।’
उनले सम्मानित अदालत कुनै कानुनको आधारमा नभई जनताको विश्वासमा अडिएको पनि उल्लेख गरे।
प्रकाशित : पुस २५, २०७४
प्रतिक्रिया दिनुहोस