ट्रेड युनियनका केन्द्रीय सदस्य बसन्त विक प्रहरीद्वारा गिरफ्तार


मङ्सिर २२, बाँके । नेत्र बिक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बाँके जिल्ला सदस्य एवं अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका केन्द्रीय सदस्य बसन्त विकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

विकलाई हिजो विहान कोहलपुर नगरपालिका कौशीलानगरबाट पक्राउ गरेको हो । नेकपा बाँकेले विकलाई राजनीतिक प्रतिसोधका कारण पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।

बाँके इन्चार्ज एवं सेक्रेटरी अर्जुनले विज्ञप्ति निकाल्दै विकका पक्राउ प्रति आपत्ति जनाउनुभएको छ । विज्ञप्तिमा भनिएको छ,‘ हाम्रो पार्टी या गिरफ्तारीको घोर निन्दा एवं भत्र्सना गर्दछ, र विकको रिहाईको जोडदार माग गर्दछ ।’

जिल्ला सदस्य विकलाई रिहाई नगरे र आउँदा दिनमा यस्ता घटना दोहोराए प्रतिरोधमा उत्रने अर्जुनले चेतावनी दिनुभएको छ ।

बिज्ञप्ति हेर्नुहोस !

२०७५ मंसिर २२,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको