विप्लवको जनसत्ताले गर्‍यो भ्रष्टाचारिलाई “जनकारबाही”


मंसिर २२, कपिलवस्तु । मुद्दा मिलाउने बहानामा जनतासग मोटो रकम उठाउने, महिलाहरुसग अनैतिक सम्बन्ध राख्ने सामाजिक दलाल, सुदखोर, भ्रष्टाचार र ब्यभिचारको आरोप लगाउदै वाणगंगा नगरको जनपरिषदले कपिलवस्तु वाणगंगा ३, कर्महनाका युवराज भुषाललाई जनकार्बाही गरेको छ ।

कारबाहीपछि भेटिएको एक पर्चामा ४ बुदे आरोप लगाउदै उनलाई कारबाही गरेको जनाएको छ । बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चलाउदै आएको जनसत्ताले उल्लेख गरेको पर्चामा कार्बाही गरिएका भुषाललाई सो पार्टीले जनताहरुलाई अनावश्यक रुपमा झुठ्ठा मुद्दा लगाई दुख दिने काम गरेको आरोपसमेत लगाएको छ ।

महिलाहरूलाई विभिन्न प्रलोभन र बाध्यतामा पारी अनैतिक सम्बन्ध राख्न बाध्य पार्ने गरेका उनले स्थानीय एक महिलाको श्रीमानलाई अनावश्यक झुठ्ठो मुद्दा लगाई भारत पस्न बाध्य पारेर उनकै श्रीमतीसग अनैतिक सम्बन्ध राख्ने गरेको समेत सो पार्टीको आरोप छ ।

पछिल्लो समय जनसत्ताको नाममा दलाल, भ्रष्टाचारि, ब्यभिचारिलाई तथा भ्रष्ट जनप्रतिनिधिहरुलाई समेत सचेत रहेर जनताको काम गर्न चेतावनी तथा गलत काम गर्नेहरूलाई कार्बाही गर्ने गरेको छ ।

युवाराज भुसाललाई जनकारबाही किन ?

१) मुद्दा मिलाउने बहानामा जनासँग मोटो रकम असुलीगरि ठगि गरेकोले ।

२) विभिन्न बहाना बनाइ महिलाहरु संग अनैतिक सम्बन्ध कायम गर्दै (हाल सम्म एउटी महिलालाई रखेलको रुपमा राखेको) आएकोले ।

३) सामाजिक रुपमा दलाल, सुदखोर, भ्रष्टचारी व्यभिचारी भएकोले ।

४) जनताहरुलाई  अनावश्यक रुपमा झुठा मुद्दा लगाई दुख दिने काम गरेकोले ।

यस्ता छन आरोपहरु :

२२ मंसिर २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको