नेकपा निकट जनस्वास्थ्यकर्मी महासंघले कारबाहीमा परेकालाई दियो चेतावनी: अफवाह नफैलाउ


मङ्सिर २२, काठमाडौं । नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ नेपालले संगठनबाट कारवाही परिसकेका व्यक्तिहरुले समानान्तर संगठनको नाममा गलत हल्ला फैलाएको भन्दै यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ ।

एक प्रेस विज्ञप्ति निकाल्दै महासंघका अध्यक्ष टिका कँडेलले पार्टी नेताहरुको नाम दुरुपयोग गरि समानान्तर कमिटी बनाएको भनेर हल्ला गरेको भन्दै भ्रममा नपर्न आम जनसमुदायमा आग्रह गरेका छन् । अध्यक्ष भनेर हल्ला गरिरहेका प्रमोद योगी नाम गरेका व्यक्ति पार्टी र संगठनको कारवाहीमा परिसकेको अध्यक्ष कँडेलले स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा, ‘पार्टी र संगठनले कारवाही गरिसकेका प्रमोद योगी लगायतलाई मुठ्ठीभर अराजक, पार्टी अनुशासनमा नरहेका, गुटवन्दी गर्न रमाउने, आर्थिक पारदर्शी तथा निहित स्वार्थ बोकेका व्यक्ति’ रहेको भनिएको छ ।

योगीसहितका व्यक्तिले बाहिरका केही व्यक्तिको उक्साहटमा भ्रम छर्ने प्रयास गरेको भन्दै महासंघले आपत्ति जनाएको छ । महासंघको मंसिर १० गते काठमाण्डौंमा भएको तेस्रो राष्ट्रिय भेलाले टिका कडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । भेलामा मध्य कमाण्ड ईन्चार्ज सुर्दशन, पोलिटब्युरो सदस्य ओमप्रकाश पुन अनिल शर्मा विरही, जबस ब्यूरो इन्चार्ज जीवन्तको उपस्थिति थियो ।

हाम्रो सहमति छैन

समानान्तर भन्दै वक्तब्यबाजी गरिरहेको योगि समूहले आफू खुशी नाम राखेको देखिएको छ । कारवाहीमा परिसकेका योगीले केन्द्रीय कमिटी भन्दै नाम राखेको देखेपछि नरबहादुर थापा, रामकुमार श्रेष्ठ र योगेन्द्र यादवले आपत्ति जनाएका छ ।

कारवाहीमा परिसकेका योगी समूहले थापालाई वरिष्ठ उपाध्यक्ष, श्रेष्ठलाई महासचिव र यादवलाई कोषध्यक्ष भनेर नाम सार्वजनिक गरेको थियो । तीनै जनाले आफूहरु पार्टीको अधिकारिक लाईनभन्दा बाहिर नगएको र कारवाहीमा परिसकेका व्यक्तिले आफ्नो नाम दुरुपयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।

हेर्नुहोस बिज्ञप्ति:

२२ मंसिर २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको