मिस वर्ल्ड बन्न शृङ्खलालाई अवसर: अहिलेसम्म कुन देशले कति पटक जिते ?


मंसिर २२, काठमाडौं । मिस वर्ल्डको नतिजा आज सार्वजनिक हुँदैछ । चीनको सान्यामा हुने मिस वल्र्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला खतिवडा दाबेदार प्रतिस्पर्धी बनेकी छिन् ।

नेपाली समयअनुसार बेलुकी पौने ५ बजे मिस वर्ल्डको अन्तिम नतिजा घोषणा हुनेछ । मिस वर्ल्डको फाइनल मिस वर्ल्डको आधिकारिक युट्यूब च्यानलबाट हेर्न सकिन्छ ।

विश्वकै प्रतिष्ठित ब्यूटी प्याजेन्ट हो ‘मिस वर्ल्ड’ प्रतियोगिता । ६८ औँ संस्करणसम्म आइपुग्दा ३६ वटा देशबाट मिस वर्ल्ड भैसकेका छन् । यस पटकको प्रतियोगितामा नेपाली प्रतिस्पर्धी तथा मिस नेपाल वर्ल्ड शृङ्खला खतिवडामा सबैको ध्यान पुगेको छ । शृङ्खलालाई शनिबार दिउँसाे ४ बजेसम्म भाेट गर्न सकिनेछ ।

मल्टिमिडिया विधामा विजेता बन्दै फाइनल पुगेकी शृङ्खलाले मिस वर्ल्डको उपाधि जितिन् भने उनी भारतपछि मिस वर्ल्ड बन्ने पहिलो दक्षिण एसियाली प्रतिस्पर्धी बन्नेछिन् । शृङ्खलालाई हौसला प्रदान गर्नका लागि उहाँका बुबा र आमा पनि चीन पुगिसक्नुभएको छ । मिस वर्ल्ड २०१८ मा १ सय २१ देशले सहभागिता जनाएका छन् ।

त्यसो त पूरै एसियाकै कुरा गर्ने हो भने पनि अहिलेसम्म भारत, चीन, इजरायल र फिलिपिन्सबाहेकका देशबाट मिस वर्ल्ड बन्न सकेका छैनन् ।

६८ औँ संस्करणसम्म आइपुग्दा अहिलेसम्म सबैभन्दा बढी मिस वर्ल्ड बन्ने देशमा भारत र भेनेजुएला(६–६ पटक) रहेका छन् ।

तथ्याङ्कमा अहिलेसम्मका मिस वर्ल्ड

देश उपाधि             संख्या वर्ष
भारत ६                 १९६६,१९९४, १९९७, १९९९, २०००, २०१७
भेनेजुएला ६          १९५५, १९८१, १९८४, १९९१, १९९५, २०११
यूके ५                    १९६१, १९६४, १९६५, १९७४, १९८३
दक्षिण अफ्रिका      ३ १९५८, १९७४, २०१४

अमेरिका ३            १९७३, १९९०, २०१०
आइसल्याण्ड ३      १९८५, १९८८, २००५
जमैका ३               १९६३, १९७६, १९९३
स्विडेन ३              १९५१, १९५२, १९७७

पुर्टो रिको २          १९७५, २०१६
चीन २                  २००७, २०१२
रुस २                   १९९२, २००८
पेरु २                   १९६७, २००४

अष्ट्रिया २           १९६९, १९८७
जर्मनी २             १९५६, १९८०
अर्जेन्टिना २       १९६०, १९७८
अष्ट्रेलिया २       १९६८, १९७२

नेदरल्याण्ड्स २   १९५९, १९६२
स्पेन १                २०१५
फिलिपिन्स १      २०१३
जिब्राल्टर १         २००९

चेक गणतन्त्र १    २००६
आयरल्याण्ड १     २००३
टर्की १                  २००२
नाइजेरिया १        २००१

इजरायल १          १९९८
ग्रीस १                  १९९६
पोल्याण्ड १           १९८९
ट्रिनिडाड एण्ड टोबागो १ १९८६

डोमिनिक गणतन्त्र १ १९८२
गुआम १                    १९८०
बर्मुडा १                      १९७९
ब्राजिल १                    १९७१

ग्रेनेडा १                   १९७०
फिनल्याण्ड १          १९५७
इजिप्ट १                 १९५४
फ्रान्स १                  १९५३

२२ मंसिर २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको