नोभेम्बर ७, युएई । युएई स्थित मनी एक्सचेञ्ज कम्पनी अल अहालियाले आफ्ना ग्राहकहरुलाई लक्षित गरी विन्टर प्रमोसन सुरु गरेको छ । यो प्रमोसन अन्तर्गत १ किलो सुन जित्न सकिनेछ ।
अल अहालिया एक्सचेञ्जले गत जुलाई महिना यस्तै प्रमोसन आयोजना गरेको थियो । उक्त प्रमोसन अन्तर्गत १ किलो सुन इलामका नरेन्द्र मगरले प्राप्त गरेका थिए । यो प्रमोसन अन्तर्गत हरेक हप्ता ११ जनाको दरले आगामी ८ हप्ता सम्ममा ८८ जनाले सुनका सिक्का पाउने अल अहालियाका जनरल म्यानेजर कमल सुब्बाले बताएका छन् ।
नोभेम्बर ७ देखि शुरु भएको यो प्रमोसन आगामी जनवरीको ५ तारिखसम्म जारी रहनेछ । यो प्रमोसनको मेघा पुरस्कार १ किलो सुनको सार्वजनिकनिकीकरण गोलाप्रथाबाट अल अहालियाको प्रधान कार्यालय अबुधाबीमा आगामी जनवरी ६ मा गरिनेछ । यो अवधीमा हरेक हप्ता ११ जनाले सुनका सिक्का पाउनेछन् ।
अल अहालिया एक्सचेञ्जका नेपाली रेमिट्यान्स विभागका म्यानेजर बेनिमाधव ढकालले दिएको जानकारी अनुसार युएईका अल अहालिया एक्सचेञ्जका कुनै पनि शाखाबाट आफ्नो देशमा रकम पठाउनेमध्ये हरेक हप्ता १० जनाले १०/१० ग्राम र १ जनाले ५० ग्रामको सुनको सिक्का पाउनेछन् ।
ढकालका अनुसार अल अहालिया एक्सचेञ्जको सेवा र रेट पनि राम्रो साथै रोजगारीको क्रममा युएईमा रहेका नेपालीहरु माझमा लोकप्रिय एक्सचेञ्ज अहालिया भएका कारण गएको प्रमोसन जस्तै यसपालि पनि १ किलो सुन नेपालीलाई पर्न सक्ने भएकोले अल अहालिया एक्सचेञ्जमा कारोबार गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस