नेकपा प्रवासी संगठन नेपाली जनप्रगतिसिल मोर्चा साउदीले नेपाली दूतावासलाई ज्ञापना पत्र बुझायो


रियाद स्थित नेपाली दूतावास , महामहिम श्री महेन्द्र प्रसाद सिंह राजपुत नियोग उपप्रमुख श्री आनन्द प्रसाद सर्मा , श्रम सचीव ,अम्बिका प्रसाद सर्मा ज्युलाई नेपाली जनप्रगतिसिल मोर्चा साउदिका अध्यक्ष भानु पर्देशीको निर्देशनमा केन्द्रिय उपाध्यक्ष युबराज कार्कीको नेतृत्वमा महामहीम श्री महेन्द्र प्रसाद सिंह राजपुत ज्यु लाई ज्ञापन पत्र बुझाइयको थियो भने महासचिव टिकाराम वलि ले ज्ञापन पत्र बाचन गर्नु भयको थियो । केन्द्रिय प्रबक्ता सेते घर्तिमगरले नेपाली दूतावासको शाखा साउदीका अन्य ठाउमा पनि खोल्नुपर्ने दूतावासलाई ध्यानाकर्षण गराउदै साउदीमा मजदुरहरुको समस्यालाई हल गर्दै जानुपर्ने कुरामा जोड दिनु भयो ।

मोर्चाका सल्लाहकार श्रदय दिल सुब्बा तथा तिर्थ पाख्रिनले आफनो भनाइमा नेपाली चेलिबेटीलाई भारत हुँदै साउदिको घरहरुमा पठाउने गिरोहलाई साउदी दूतावासले आधिकारिक प्रमाण जुटाइ साउदी अरबबाटै डिपोट हुने गरि कार्बाही गर्नुपर्ने माग राख्दै साउदी देश र नेपाल देशमा नीति नियम काम कार्य भेशभुसा बोलिचाली हरेक रहन सहन फरक भएको हुँदा साउदिमा मजदुरलाई पठाउदा मेनपावर ब्यबसायले सामान्य भएपनी आबस्यक ज्ञान सीप सिकाएर मात्रै साउदि अरबमा पठाउनको लागि दूतावासलाई अपिल गर्नु भएको थियो । ज्ञापनपत्र बुझाउन जनप्रगतिशिल मोर्चाका केन्द्रिय सदस्य बिस्नु परियार, अशोक चौधरीको पनि उपस्थित रहेको थियो ।

ज्ञापनपत्रको पूर्ण पाठ

२३ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको