अरबको तातो चर्को घाममा छु आमा !
अठार घन्टा रेगुलर काममा छु आमा !!
कहाँ हुदो रहेछर हामिले सोचे जस्तो यहा !
मरुभुमि नै मरुभुमिको गाउँमा छु आमा !!
लक्षमण भनेर कसैले चिन्दैन मलाई !
अरबिले दिएको लुकुमान नाममा छु आमा !
नरुनु है चाडबाड आउँदा मलाई सम्झिएर !
अब दुइ चार सालपछी फर्किनेछु आमा !!
प्रतिक्रिया दिनुहोस