मैकोटमा स्थानीय कर नीति पारित


२१ भदाै , रुकुम पूर्व, रुकुम पूर्व पुथा उत्तरगंगा गागँपालिका वडा नं १ ले भदाै १८/१९ गते गाउँको सम्पूर्ण कर , नीति , संस्कार र दर भाउ सम्बन्धि पारत निर्णयहरुको सुनुवाई भदाै २० गते सार्वजनिक गर्‍यो । मैकोट चाैतारामा बृहत गाउँ भेला गरि घोषणा गरियो । उक्त नीति निर्णयले आगामी दिनमा गाउँको कामकाजमा निकै सहज पुग्ने जनभावना रहेको छ । उक्त जारी नीति निर्णय सर्वसाधारणको लागि जस्ताको तस्तै प्रकाशित गरिएको छ ।

१. ज्यालादार

सिकर्मी र डकर्मी
( क ) हेड मिस्त्री : रु ६०० ( खानासहित )
रु ८०० ( सुक्खा )
( ख ) सहायक मिस्त्री : रु ५०० ( खानासहित )
रु ७०० ( सुक्खा )

साधारण ज्याला दर
रु ३००
कडा काम : रु ५००

२. जाँडरक्सी
मकै , कोदो र अन्यको जाँड : रु ८0 ( धार्नी )

३. अन्न , गेडागुडी तथा फलफुल
मकै : रु २५ ( प्रति माना )
गहुँ : रु ४० ( प्रति माना )
जाैँ : रु २० ( प्रति माना )
सिमी : रु ६० ( प्रति माना )
कोदो : रु ४० ( प्रति माना )
भटमास : रु ४० ( प्रति माना )
तिते फापर : रु ३० ( प्रति माना )
मिठे फापर : रु ४० ( प्रति माना )
गोलभेँडा : ४० ( प्रति माना )
स्याऊ : रु ५ /१०/१५ ( प्रति गोटा )
भाँगो : रु ४० ( प्रति माना )
पलम : रु १ ( प्रति गोटा )
तोरी : रु ५० ( प्रति माना )
आरु : रु १ ( प्रति गोटा )
तिमुर : रु १०० ( प्रति माना )
घ्यू : रु २००० ( प्रति धार्नी )
दूध/दही : रु ५० ( प्रति माना , सातपले मानाको आधारमा )
मह : रु २००० ( प्रति धार्नी )
आलु : रु ५० ( प्रति धार्नी , सिजनमा )
आलु : रु ६० ( प्रति धार्नी , अफसिजनमा )
हरीयो साग : रु २५ ( प्रति मुठा )
खुर्सानी : रु ५० ( प्रति माना )
बण्डागोपी : रु ५० ( प्रति किलो )
फूल गोपी : रु ५० ( प्रति किलो )
लसुन : रु २५० ( प्रति धार्नी )
ढँडु : रु २०० ( प्रति धार्नी )

४. घरपालुवा बापत कर

खच्चड : रु ५० ( प्रति गोटा )
घोडा बछ्याली : रु ७५
घोडा : रु ५० ( प्रति गोटा )
भैँसी : रु ५० ( प्रति गोटा )
दुहुनो भैँसी : रु ७५
भेँडा/बाख्रा : रु १५ ( प्रति गोटा )
भेँडा/बाख्रा : रु २९ पठाला

५. काठ

फल्याक : रु ४० ( प्रति फिट )
भिम : रु ८० ( प्रति फिट )
चाैकस : रु ८० ( प्रति फिट )
फेरेम : रु ३० ( प्रति फिट )
ढोका : रु १६०० जोडा

६. मासु

राँगा : रु ५०० ( प्रति धार्नी )
बँगुर : रु ५०० ( प्रति धार्नी )
खसी : रु ९०० ( प्रति धार्नी )
कुखुरा : रु १२०० ( प्रति किलो ) लोकल
कुखुरा : रु ६०० ( प्रति किलो ) बोइलर/कोइलर
कुखुरा : प्रतिबन्ध ( लेस )

७. संस्कार सम्बन्धमा

* मामानिन्या र गाँसन : प्रतिबन्ध
* मृतकको पर्व भाग परिवार बाहेक अरुले जाँडरक्सी लग्न निषेध
* मरेको व्यक्तिको नासा हाल्ने चलनमा प्रतिबन्ध
* मरेको व्यक्तिको नाममा दिइने अर्ज्युस्या मलामीको लागि प्रयोग गरिनेछ ।
* दलित समुदायले लिँदै गरेको बर्सिको र चिलीचारमा प्रतिबन्ध

रकम लगानी सम्बन्ध:

चाैनासिकमा सयकडा १०% लाग्नेछ ।

चरिचराउ सम्बन्धमा :
स्युरुम/काल्दुङ : घरफालेटु डाँडा-खोल्बाँ-खोल्जारी र चरपले पातलदेखि माथि सबै खुल्ला

धारागाउँ : अर्ब्याँखोला-डाँडाकुना-खानेपानी तेर्सो बाटो मुनि

बारगर : अस्ताकोला-क्याउ डाँडासम्म

कोटडेरा : स्कुल तारबार देखि झर्पो डाँडा माथि

दलित टोल : मोस्यार्पुप-बसैँगा देखि तल सबै

२३ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको