भदौ २३, युएई । ‘को पुर्बेली, को पश्चिमेली, हामी सबै नेपाली’ भन्दै युएईमा रहेका प्रवासी नेपालीहरु चर्चित गायिका शान्ति श्री परियार, दिपु पुन र मेक्सम खाती संग सुक्रवार काल्टन टावरमा भब्य तिज मनाए।
खचाखच दर्शकहरु भरिएको हलमा स्थानीय कलाकारहरुले नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरुलाई बेजोड साथ दिएका थिए। कार्यक्रममा उपस्थित दर्शकहरु कलाकारको प्रस्तुति अवधि भर छमछमी नाचेर भरपुर मनोरञ्जन लिएका थिए ।
दाङका चर्चित युवा गायक मेक्सम खातीले रुँदैरुँदै तिम्रो सहर छोड्ने बेला भयो लगायतका आफ्ना चर्चित अन्य गीतहरु गायर दर्शकलाई खुबै नचाएका थिए ।
त्यसैगरि लोक गायक तथा रेडियो प्रस्तोता दिपु मगरले आफ्नो चर्चित गित चुई-चुई चुइकने जुत्ता संगै अन्य गितहरु गायर भरपुर मनोरञ्जन दिलाएका थिए।
हलमा खचाखच दर्शकहरु स्टेजमै पुगेर कलाकार संग नाचेका थिए । स्टेजको पछाडी पट्टि पनि छमछमी नाच्नेहरु उत्तिकै थिए ।
दाङ देउखुरी समाज युएई, प्युठान स्वर्गद्वारी समाज युएई र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईको संयुक्त तिज बिशेष कार्यक्रमको आयोजना गरेका थिए। युएईमा यसरि जिल्ला गत संस्थाहरु संयुक्त रुपमा मिलेर संयुक्त तिज कार्यक्रम गरेको युएईको हकमा पहिलो भएको आयोजक समितिले जनाएको छ।
उक्त तिज बिशेष कार्यक्रममा अत्यधिक दर्शकहरुको उपस्थिति रहेको थियो ।
काल्टन टावर होटेल म्यानेजर घनश्याम प्रसाद चौधरीका अनुसार, उक्त हलमा हाल सम्म भएका कार्यक्रमहरु मध्ये सबै भन्दा धेरै दर्शकहरु उपस्थित भएको जनाए ।
कार्यक्रमको प्रमुख अतिथिमा एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ रहेका थिए । बिशेष अतिथिमा नेपाली समाजका महासचिव कृष्ण पौडेल, प्रदेश ५ का अध्यक्ष राजु खड्का, सामाजिक अभियन्ता शालिक सुवेदी, कार्यक्रम संयोजक दिलाराम ओली, दाङ देउखुरी समाजका प्रमुख सल्लाहकार शान्ता गिरि, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएई प्रमुख सल्लाहकार राम कृष्ण पुन, प्युठान स्वर्गद्वारी समाजका प्रमुख सल्लाहकार भिम सुनार रहेका थिए।
त्यसैगरी आयोजक जिल्लाहरुबाट दाङ देउखुरी समाजका अध्यक्ष कमल गिरि सभापति रहेका थिए भने प्युठान समाजका अध्यक्ष दुजमान सुनार र रोल्पा समाजका अध्यक्ष कृतिमान पुन बिशेष अतिथिमा रहेका थिए।
उक्त कार्यक्रमको पहिलो चरणलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईका महासचिव कुमार केसीले सन्चालन गरेका थिए भने दोश्रो चरणको सांस्कृतिक कार्यक्रम हरि डाँगीले संचालन गरेका थिए ।
दर्शक दीर्घामा तिजालुहरु शान्ति श्री परियारको प्रस्तुतिको व्यग्र प्रतिक्षामा थिए । यता संचालक हरि डिसीले शान्ति श्री आउन थोरै समय बाँकी रहेको उद्घोष गर्दै थिए । शान्ति श्रीलाई स्टेजमा ल्याउनका लागि दर्शकबाट तालीको हिसाब खोज्दै भन्दै थिए, ‘सबैले एकपटक तालि दिनुस, अनि शान्ति लाई स्टेजमा ल्याउछु, नत्र अझै ढिला हुन्छ भन्दै बाचा खुवाउदै थिए।
नभन्दै उनको वाचाको कसम खाँदै दर्शकहरुले तालीको गडगडाहट दिए । लगतै प्रदेशीको अधुरो जीवन गाथा बोकेको बोल मायाको कारुणिक धुन गुन्जिन थाल्यो ।
दर्शकहरुको हुटिंग र उत्साहले सिमा नाघी रहेको थियो । घरदेश छाडेर प्रदेशमा कर्म गरिरहेका तिनै अधुरा जिन्दगिहरु र तिनै जिन्दगीहरुको गाथा बोकेको धुन संगै सभ्य, अनि शालीन शान्ति श्री परियार भावुक मुन्द्रामा स्टेजमा आइन । दर्शकहरुको उपस्थिति र उत्साहलाई देखेर शिर निहुर्याएर दर्शकलाई सम्मान गरिन, अनि माया पनि दिइन ।
उता ब्याग राउण्डमा ट्रयाक यसरि बजिरहेको थियो….
जाँदा खेरि आकाशैमा आउँदा बाकसैमा
लाउन खोज्दा सिन्दुरको भाँडो खस्यो भुइँमा
यतातिर भाँडो खस्ने उता प्राण जाने
बिरानो त्यो मुलुकमा कस्ले देला पानी
परदेशी हुँदैन भर
हे बरै…..फर्किने आशमात्रै…
के रै छ र जिन्दगी भन्नू
हे बरै एक मुठ्ठि सास मात्रै
शान्ति श्री परियारले आफ्नो मुटु र हृदयलाई स्पर्स गर्दै हातको माइकलाई चुमिन…अनि यसरि गाउँन थालिन….
धन ल्याउछु भन्दै गएका थियौ उडेर आकाशमा
कस्तो भइ गयौ कस्तो भइ आयौ काठैको बाकसमा
संगै जाम स्वर्ग भनेको भए मै जाने थिइन र
जबाफ देउ प्यारा एक बचन बोल बोल्दैनौ किन र ?
बोल माया ….एक वचन बोल तिम्रै बोलि छ मलाई अन्मोल
तिम्रै बाेलि छ मलाइ अन्मोल
कर्म भूमिमा आफ्नै जिबन गाथा बोकेको गित सुनेर उपस्थित धेरै दर्शकहरु भाव विह्वल बनेका थिए, उता शान्ति श्री गाउदा गाउदै झन्डै आँशु झार्ने स्थितिमा थिइन्, दर्शकदीर्घामा भावना र उत्साहको मिश्रण उजागर भैरहेको थियो।
सायद, यो गित सुने पछी धेरै दर्शकहरु आफुलाई भाग्य र दुर्भाग्यको सिमा रेखामा भेटेका थिए होलान। जहाँ कसैको भागमा भाग्य थियो होला, कसैको भागमा दुर्भाग्य थियो होला।
भावुकतामा हराई रहेका दर्शकहरुलाई शान्ति श्री परियारले खुल्ला आकाशमा चङ्गाको उडान भर्न छोरी तिज गित संगै अन्य गीतहरु गायर मनोरञ्जन दिलाइन। उनको गीतमा धेरै दर्शकहरु धित मरुन्जेल छमछमी नाँचे ।
हेर्नुहोस केहि झलकहरु:-
प्रतिक्रिया दिनुहोस