राजनीतिक सहकर्मी ‘बादल’ राजमा हुँदा ‘प्रकाण्ड’लाई हथकडी


साउन २३, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादल र पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लामो समयसम्म माओवादीभित्र सहकर्मी थिए ।

तिनै आफ्ना सहकर्मीलाई आफू नेतृत्वको प्रहरीबाट पक्राएकामात्र छैनन् बादलले, हथकडी लगाएरै महानगरीय प्रहरी परिसरसम्म पनि ल्याउन लगाए। उनलाई प्रहरीले अनुसन्धानका लागि पाँच दिनको म्याद लिएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य विश्वकर्मा पक्राउको विरोधमा पार्टीले भने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। प्रहरीले प्रकाण्डसहित ३ जनालाई मंगलबार बेलुका पक्राउ गरेको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

माओवादीले साउन २५ गते देशब्यापी कोणसभा, २६ गते विरोधसभा, साउन २७ गते मशालजुलुस, साउन २९ गते नेपाल बन्दको घोषणा गरेको छ। महासचिव नेत्रविक्रम चन्द विप्लवले बुधबार विज्ञप्ति जारी गरी राजनीतिक विचारका आधारमा गरिएको गिरफ्तारी बन्द गर्न र पक्राउ परेकाहरुलाई बिनासर्त रिहा गर्न माग गरेका छन्।

सरकारले राजनीतिक अधिकारमाथि प्रतिबन्ध लगाएको भन्दै लोकतन्त्रवादीहरुले यसको विरोध गर्नुपर्ने विप्लवले उल्लेख गरेका छन् । विश्वकर्मालाई बुधबार दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ गरिएको हो ।

२३ श्रावण २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको