पक्राउ परेको भोलिपल्ट प्रकाण्डले दिए यस्तो कडा चेतावनी


साउन २३, काठमाडौं । मंगलबार साँझ काठमाडौंका टौदहबाट पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले सरकारले राजनीतिक गरेकै कारण आफूलाई पक्राउ गरी नजरबन्दमा राख्ने र रातभर सुत्न नदिई चरम मानसिक यातना दिने काम दिएको बताएका छन् ।

बुधबार अपरान्ह जिल्ला अदालत काठमाडौंमा लगिएका प्रकाण्डले सञ्चारकर्मीसँग सो प्रतिक्रिया दिएका हुन् । उनले आफू आवश्यक पर्दा देश र जनताका लागि जीवन बलिदान गर्न पनि तयार रहेको चेतावनी पनि दिए ।

सरकारले देश र जनताको निम्ति राजनीनि गरिरहेको आफूलाई पक्राउ गरेर प्रतिक्रान्तिको नमूना प्रर्दशन गरेको प्रवक्ता प्रकाण्डको भनाई थियो ।

पार्टीको कामको शिलशिलामा मंगलबार हेटौडाबाट काठमाडौं फर्कने क्रममा प्रवक्ता प्रकाण्डसहित तीन जनालाई प्रहरीले काठमाडौंको टौदहबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनै जनामाथि प्रहरीले जब्बरजस्ती चन्दा असुली गरेको अभियोगमा मुद्दा चलाएको छ । उनलाई काठमाडौं जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

भिडियो हेर्नुस 

२३ श्रावण २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको