साउन २३, अष्ट्रेलिया । प्रबासमा रहेर पनि आफ्नो भाषा, कला, धर्म, सँस्कार र सँस्कृतिलाई संरक्षण र प्रबर्द्धन गर्दै भाबि पुस्तालाई यसको महत्व प्रत्याभूति गराउने अभिप्रायले गोरखा समाज अष्ट्रेलियाले यस पटक अष्ट्रेलियामै पहिलो पटक ऐतिहासिक र परम्परागत गाईजात्रा कार्यक्रम गर्ने भएको छ ।
अन्य सँस्थाहरू भन्दा फरक कार्यक्रमहरू प्रस्तुत गर्दै आएको उक्त सँस्थाले यस्ता कार्यक्रमहरूबाट संकलित सहयोग रकमहरू महत्वपूर्ण सामाजिक अभियानमा सहयोग गर्दै आईरहेको छ ।
अगष्ट २६ तारिकका दिन सिड्नीको ट्याम्पे पार्कमा हुन गैरहेको उक्त कार्यक्रममा हिन्दु समाज अष्ट्रेलियाको संयोजनमा रक्षा बन्धन पनि सँगै हुने सँस्थाका सचिब शिब बन्जाराले बताएका छन् ।
नेपालका चर्चित हाँस्य कलाकारहरु तथा टेलि चलचित्र मेरी बास्सैका निर्देशकद्धय राजु मास्टर (राजु पौडेल) र बल्छी ध्रुबे (मरिचमान श्रेष्ठ) को बेजोड प्रस्तुती रहने उक्त कार्यक्रममा अन्य स्थानिय कलाकारहरूको बिभिन्न प्रस्तुती र चर्चित लाखे नाचको बिशेष प्रस्तुति रहने छ ।
अन्य सामाजिक सँस्थाहरूले गर्ने भन्दा पृथक कार्यक्रमहरू प्रस्तुत गर्दै आएको यस सँस्थाले उक्त कार्यक्रम गोरखा समाज अष्ट्रेलियाको आयोजना साथमा हिन्दु समाज अष्ट्रेलियाको संयोजनमा रक्षा बन्धन र गुठी अष्ट्रेलियाको बिशेष लाखे नाच प्रस्तुत हुने भएकोले पनि कार्यक्रम भब्य हुने आयोजकले बताएको छन्।
उक्त कार्यक्रममा सम्पूर्ण सिड्नीबासी प्रबासी नेपालीहरूभा सद्भाब,आबश्यक सहयोग र गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस