समाजसेवी इशा गुरुङले भनिन ‘यी नानीलाई मुल्यबृद्दिले फरक नपर्ला तर गरिबलाइ मार पर्यो’


पोष्टपाटी सम्बाददाता 

जेष्ठ, काठमाडौं । पुर्बएमालेकि चर्चित विद्यार्थी नेता तथा हालका सांसद नबिना लामाको अभिव्यक्ति प्रती सामाजिक सन्जालमा सर्बसाधारण देखि समाजसेवीहरुलाइ समेत चित्त दुखाएको छ ।

मुल्यबृद्दीको बिरोध गर्नु आबस्यक छैन भन्दै नबिना लामाले सरकारको बचाउ गरेपछी समाजिक संजालमा उनको निकै बिरोध भैरहेको छ ।

नबिना लामाको उक्त भनाइले सामाजिक सेवामा सुपरिचित इशा गुरुङको समेत चित्त दुखेको छ ।

इशाले लामाको भनाइलाई खन्डन गर्दै भनेकी छन उनको भनाइमा मलाइ चित्त बुझेको छैन – हामी गर्ब गर्छौ, महिला संसद भए। महिला राष्ट्रपति भए। महिला सभासद भए … तर यहि महिलाहरू नै जब माथि सत्तामा पुग्छन् तब धनीहरूकै लागी र आफ्नै पार्टीको लागी मात्र स्वार्थको कुरा बोल्छन् ।

साँच्चै भन्दा नबिना लामा सांसद बन्नु पुर्ब सर्बहारा बर्गको पक्षमा विभिन्न खाले संघर्ष गर्दै आएकी जुझारु नेतृत्व हुन । सर्बहारा निमुखाहरुको हृदयमा आशाको किरण बनेर भावी महिला नेतृत्व मात्र नभएर एकदिन सिङ्गो देशको नेतृत्व गर्नेछिन भन्ने लाग्थ्यो ।

तर सांसद बने पछि उनको जुझारुपनले पनि घाम ताप्न थालेको छ ।

समाजसेवी इशाले आश्चर्य ब्यक्त गर्दै भनेकी छन ‘गरीबहरूको भाबना र दुख सँग खेलबाड गर्छन्, यी नानीलाइ मुल्य भाउले फरक नपारला सायद तर गरीब जनताहरू लाइ कति मार परेको छ किन बुझ्दैन ? या किन बुझ्पचाउछन् ?

हो इशा गुरुङले भने झै गरिबको भावनालाइ हतियार बनाएर सत्तामा पुगे तर सत्ता प्राप्त गरे तर गरिबका मुद्दा भुलिदिए । गरिबको सबै भन्दा मुख्य मुद्दा भनेकै बस्तुभाउ माथिको मुल्यभाउ बढ्नु हो । त्यही मूल्यभाउ बढ्दा आफुलाइ सर्बहारा बर्गको नेता ठान्ने नबिना लामाले मूल्यबृद्दी आजको आबस्यकता किन ठानिन ?

उनको यो अभिव्यक्तिले निश्चय नै उनी प्रती आस्था राख्नेहरु तथा उनका नजिकका समर्थकको समेत चित्त दुखाएको छ ।

दुखपिडामा अल्झिएकाहरुलाइ संधै सहयोग अभियानमा जुटिरहने दया र भावनाकी खानी गुरुङसेनिले महिला नेतृत्वप्रती आक्रोशित हुँदै औंला उठाएर भनेकी छन, के देशलाइ यस्तै महिलाहरूको खाँचों थियो त ? जहिले पनि आफु धनी भएर हैन गरीब भएर सोच्नु जरूरी छ …।

ब्यबस्था नै यस्तो बन्यो! सत्ता, भत्ता र कुर्सी नपाउन्जेल गुलिया सपनाहरु बाँडे, जब सत्ता भत्ता र कुर्सी पाए अनि गरिवको भावनालाइ कुल्चिएर गरिवकै सारा सपना भुलाए ….।

यस्तो छ उनको स्टाटस:

२५ जेष्ठ २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको