प्रा.डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानन्यायाधी गोपाल पराजुली र न्यायलयविरुद्ध गम्भीर लान्छना लगाएको अभियोगमा सर्वोच्च अदालतले डा. केसीलाई पक्राउ आदेश दिएको हो ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै सोमबार अनशन बसेकै दिन केसीलाई पक्रन सर्वोच्चले पक्राउ आदेश दिएको हो ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसीले सोमबार १४ औँ पटक अनसन घोषणा गरेका थिए । उनले सोमबार दिउँसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरे लगत्तै गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा सर्वोच्चले पक्राउ आदेश जारी गरेको हो ।
डा. केसीले न्यायालयको जनआस्थामाथि गम्भीर खलल पुर्याएको भन्दै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु अर्यालले सोमबारै सर्वोच्चमा अवहेलना मुद्दा प्रतिवेदन दिएका थिए ।
सोही आधारमा सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई पक्राउ गरी मंगलबार विहान नौ बजे सर्बोच्चमा हाजिर गराउन आदेश दिएको हो ।मेडिकल माफियाको स्वार्थ अनुकूल न्यायालय चलेको आरोप लगाउँदै केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका थिए ।
सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का तत्कालीन डिन डा. शशी शर्माको पुनरबहाली गर्न परमादेश दिएपछि डा. केसीले प्रधान न्यायाधीशविरुद्ध लड्ने घोषणा गरेका थिए। उनले पाँच बुँदे माग अघि सारेका छन्।
२४ पुष २०७४ मा प्रकाशित
अन्नपुर्ण पोष्ट
प्रतिक्रिया दिनुहोस