यौन धन्दा रोक्न प्रहरीको कडा निगरानी :रङ्गेहात समातिए ९९ जना


होटलमा हुने गरेको यौन धन्दा रोक्न झापा प्रहरी कडा बन्दै गएको छ । झापा प्रहरीले एक वर्षको अवधिमा ९९ जनालाई यौनजन्य गतिविधि गरिरहेको अवस्थामा रङ्गेहात समातेको छ ।

झापाका विभिन्न होटलमा युवती राखेर यौनजन्य गतिविधि गराउने क्रम बढेपछि प्रहरीले यस्तो विकृति रोक्न कडा कदम चालेको हो । प्रहरीले बिर्तामोडमा सञ्चालित अधिकांश होटलमा दिनहुँजसो छापा मार्दै त्यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गर्दै होटल सञ्चालकलाई समेत मानव बेचबिखन तथा ओसार–पसारको मुद्दा चलाउन थालेको छ ।

प्रहरीले चालु आर्थिक वर्षमा बिर्तामोडमा सञ्चालित होटलबाट ६७ युवतीसहित ९९ जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरेपछि कतिपय होटल व्यवसायीले यस्तो धन्दा छाडेर पलायन भएका छन् । प्रहरीले मंसिरयता मात्रै ४८ जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरेको छ । जसमा २१ पुरुष २७ महिला छन् । अधिकांश होटलमा अनैतिक क्रियाकलापमा संलग्न युवतीहरु पश्चिम नेपालका छन् ।

प्रहरी स्रोतका अनुसार सिन्धुपाल्चोक, काभ्रे, धरान, धनकुटा घर बताउने युवतीहरु यस्तो गतिविधिमा संलग्न छन् । केही महिला र केही विद्यार्थीहरु समेत यस्तो कार्यमा संलग्न रहेको बताइएको छ ।

भदौ ९ गते इलाका प्रहरी कार्यालय बिर्तामोडको जिम्मेवारी सम्हाल्न आएका प्रहरी नायव उपरीक्षक राजकुमार सिलवालले होटलमा हुने यौनजन्य गतिविधि रोक्न पहिलो प्रयास गरे । उनले सो समयमा अधिकांश होटलमा छापा मार्दै होटल सञ्चालकलाई समेत सार्वजनिक मुद्दा र दुई जनालाई मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न भएको भन्दै मुद्दा नै चलाए ।

प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको भन्दै मुद्दा चलाएका दुई होटल सञ्चालक अहिले पुर्पक्षका लागि थुनामा छन् । पछिल्लो समय विभिन्न पहाडी जिल्लाका सरकारी कार्यालयका हाकिमहरु समेत युवती लिएर झापाका विभिन्न होटलमा जाने गरेको रहश्य खुलेको छ । उनीहरु शुक्रबारका दिन नै युवतीहरु लिएर झापाका विभिन्न होटलमा रमाइलो गर्न पुग्ने र शनिबारसम्म होटलमा बसेर आइतबार कार्यालय पुग्ने गरेको समाचार स्रोतले जानकारी दिएको छ ।

नयाँ पेजबाट

२४ पुष २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको