सुरक्षा बिषयमा गम्भीर प्रश्न :राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्रै फेरी चोरी ?


काठमाण्डौं : कडा सुरक्षा उपस्थिति रहेको सिंहदरवारमा दोस्रो पटक फेरि चोरी भएको छ । राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भइरहेको पटक–पटकको चोरीका घटनाले यहाँको सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न उठेको छ ।

सिंहदरबारभित्र तीन हप्ताबीचमा दोस्रो पटक चोरी भएको हो । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र रहेको क्यान्टिनमा आइतबार राति चोरी भएको हो ।

ललितपुरका बिश्वराज सिलवालले सिंहदरबार पुनर्निर्माण कार्यालयमा सञ्चालन गरेको क्यान्टिनबाट ४२ हजार रुपैयाँ नगद र विभिन्न सामानहरु चोरी भएको जनाइएको छ । घटना अनुसन्धानका लागि क्यान्टिन सञ्चालकले महानगरीय प्रहरी वृत्त अनामनगरमा जाहेरी दिएको बताएका छन् ।

व्यापारको पैसा उक्त क्यान्टिनमा राखेकोमा र झ्यालबाट छिरेर चोरी गरिएको सिलवाल बताउँछन् । गएको पुस १ गते सिंहदरबारको स्थानीय विकास मन्त्रालय परिसरबाट गाडीका चार वटा टायर चोरी भएको थियो । सरकारी गाडी चालक चन्द्रबहादुर मोक्तानले नै टायर चोरेको खुलेको थियो । मोक्तान हालसम्म फरार छन् ।

राज्यको प्रमुख प्रशासनिक केन्द्रको सुरक्षा घेरा भित्र बाटै यसरि पटक पटक चोरी भइरहदा राज्यको प्रशासनिक बिभाग नै चोर भएको अनुमान नागरिकहरुमा पर्न थालेको छ । यसले सुरक्षा संबेदनशीलतामा गम्भीर प्रश्न उठाएको छ ।

***

यो पनि पढ्नुहोस् 
यस अघि पनि सिंहदरबार भित्रै यसरि छोरि भएको थियो  

सिंहदरबार भित्रै चोरहरु भेटीए भन्दा अचम्म लाग्न सक्छ तर राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाटै सरकारी गाडीको टायर चोरी भएको छ । टायर चोरी हुँदा त्यहाँ खटिएका सुरक्षाकर्मी बेखबर भएको रहस्य खुलेको छ । डीएसपीको कमान्डमा सिंहदरबारभित्र छुट्टै प्रहरी कार्यालय छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनको बा२झ २९२७ नम्बरको टोयोटा हाइलक्स गाडीको चारवटै चक्का चोरी भएको हो ।

प्रहरीले टायर चोरीमा संलग्न मन्त्रालयकै वित्तीय सुधार आयोगको बा२झ १२१७ नम्बरका सवारी चालक चन्द्रबहादुर मोक्तान र महोत्तरी बर्दिवास घर भई हाल ललितपुर बस्ने जगतबहादुर मगरलाई पक्राउ गरेको छ ।

चक्का चोरी भएको हाइलक्सका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार पार्किङ गरेर छोडेको गाडीका चक्का चोरी भएको थाहा पाएपछि आइतबार प्रहरीमा खबर गरेका थिए । सिंहदरबारको सम्पूर्ण सुरक्षा नेपाली सेनाले हेर्दै आएको छ ।

प्रहरीले चोरी भएको टायर ललितपुरको युएनपार्कनजिकै बाराही टायर सर्भिस सेन्टरबाट बरामद गरेको छ । मोक्तान र मगरले टायर चोरी गरी त्यहाँ पुर्‍याएका थिए । मोक्तान उक्त सर्भिस सेन्टरका कर्मचारी हुन् । महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी अपिल बोहराका अनुसार टायर चोरीमा संलग्नलाई पक्राउ गरी अनुसन्धान भईरहेको छ ।

राज्यको प्रमुख प्रशासनिक केन्द्रमा बाहिरबाट चोर पस्ने कुरै भएन, त्यहि सिहंदरवार भित्रै चोरहरु भएको कुरामा दुइमत छैन ।

२४ पुष २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको