युएईमा तारा प्रकाश लिम्बू सांगीतिक साँझ विथ निशा पोमू सांगीतिक कार्यक्रम २०१७ सम्पन्न


-सरोज पङ्हाङ्गो (दुबई)

संयुक्त अरब ईमिरेट्स (युएई) को चर्चित शहर बरदुबईमा ‘तारा प्रकाश लिम्बू सांगीतिक साँझ विथ निशा पोमू’ सांगीतिक कार्यक्रम २०१७ सम्पन्न भएको छ | गत ४-जनवरी, २०१७ बिहिबार साँझ उक्त कार्यक्रम बरदुबई स्थित सिल्बर स्पोन रेष्टुरेन्टको कार्यक्रम हलमा सम्पन्न भएको थियो |

किरात याक्थुङ चुम्लुङ, युएईको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न राष्ट्रिय अवार्डहरु जिती सकेका नेपाली सांगीतिक क्षेत्रका चर्चित युवा म्युजिक निर्देशक तथा गायक तारा प्रकाश लिम्बूले ‘सारे सारे सारे तिमी तिरै सारे’, पिउदिन भन्दा भन्दै पिलायो साथीले लगायतका गीतहरुले दर्शकहरुलाई बुरुक बुरुक उचालेका थिए भने ‘काठमान्डू जादा काठमान्डू हल्लियो’ जस्ता गीतहरुको नृत्यहरु मार्फत निशा पोमू दर्शकहरुको मनमा हलचल मच्चाउन सफल भएकी थिन |

गत १५-डिसेम्बर, २०१७ शुक्रबारको दिन सम्पन्न चासोक तङ्नाम सांस्कृतिक कार्यक्रममा मुख्य कलाकारको रुपमा प्राबिधिक समस्याका कारण तारा प्रकाश लिम्बूलाई ल्याउन नसकेकोमा माफि माग्दै कार्यक्रम संचालक सरोज पंहाङ्गोले किरात याक्थुङ चुम्लुङ, युएईले तारा प्रकाश लिम्बू र युएईमा रहेका उनका फ्यानहरुसंग गरेको प्रतिबद्दता पुरा गर्न यसरि ‘तारा प्रकाश लिम्बू सांगीतिक साँझ विथ निशा पोमू’ आयोजना गरिएको र २९-डिसेम्बर, २०१७ को दिन अलकोजको डल्सको कार्यक्रम हलमा सम्पन्न न्यु यर्ष सांगीतिक कार्यक्रमको लागि किरात याक्थुङ चुम्लुङ, युएईको आयोजनामा उहाँलाई दुबई बोलाईको स्पस्ट पार्दै सांगीतिक साँझको सुरुवात गरेका थिए |

स्थानीय कलाकार गायक राजेश जबेगू र मनिषा लिम्बूको समेत प्रस्तुति रहेको ‘तारा प्रकाश लिम्बू सांगीतिक साँझ विथ निशा पोमू’मा किरात याक्थुङ चुम्लुङ युएईका अध्यक्ष मनिष नाल्बोले सम्मान पत्र प्रदान गरि खादा ओढाएर ‘तारा प्रकाश लिम्बूलाई सम्मान गरेका थिए |

किरात याक्थुङ चुम्लुङ युएईका भुतपुर्ब अध्यक्ष पीएस निङ्लेकू, नेपाल आदिबासी जनजाति महासंघ, युएईका संरक्षक डेराज तमू, लिम्बुवान संघिय मंच, युएईका महासचिब राम योङ्हाङ, किरात याक्थुङ चुम्लुङ युएईका प्रमुख सल्लाहकार समदर्शी काईंला लगायतका व्यक्तित्वहरुको आतिथ्य रहेको यो कार्यक्रम रातको १२ बजे कार्यक्रमको सभापतित्व गरि रहनु भएका कियाचु, युएईका अध्यक्ष मनिष नाल्बोले औपचारिक रुपमा कार्यक्रम समापन भएको घोषणा गरे पछी समाप्त भएको थियो |

२४ पुष २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको