मोबाइल, कम्प्युटरको प्राविधिक जबनामा
बिहान म उठ्नु नपाउदै हर्कबहादुर साइकलमा
दुई थान पत्रीका बोकेर आउदै थिए ।
म बिहानी नित्य कर्म सकेर हर्कबहादुरले ल्याएका
पत्रीका कान्तिपुर, अखबार, नेपाल खबर, अन्नपूर्णपोस्ट
हेर्न थाले जाहा सबै पत्रीकाको लेखाइ उस्तै! थियो ।
क्रमशः ठुलो अक्षरमा लेखिएको थियो ।
अबको भाबी प्रधानमन्त्री, भारत भ्रमणमा
मन्त्रीको भब्य स्वागत उच्च नेता नियमित चेकजाँचको
लागि फलानो देश प्रस्थान ।
अन्तिममा चर्चित नायिकाको अर्धनग्न तस्वीरले
सजावट गरिएको थियोे ।
बिडम्बना
लेखीएको थिएन हर्कबहादुरकि बहिनी
छाउडि गोठमा रजस्वला हुदा सर्पले टाेकेर
मिर्तु जहा हर्कबहादुरले न्याय खोजिरहेका थिए !
आदर्श साम्यवाद र समाज वादको उद्देश्य
लिएर क्रान्तिको बिगुल फुक्नेहरु बाट
मिठा सपना बोकेर जहा हर्कबादुरका भाइ
थर्कबादुर म्यादीको लडाइँमा सहिद भए ।
आज सपना दिनेहरू आफ्नो परिवारका साथमा
महलमा खुसी जीवन बिताएका छन ।
हर्कबहादुर भने आफ्नी बुवारीको पुछीएको सिन्धुर ,
फुटेको चुरा, आमाको गर्भमा बाबू घुमाएको टुहुराको
लागि न्याय खोजिरहेका थिए !!
बहुदलीय प्रजातन्त्र जनता को आधारभुत आबस्यकता
गास, बाँस, कपासको लागी आबाज उठाउदै आएका हर्कबादुरका
भिनाजु लाई त्रिशुलीमा फालियो ।
आज फाल्नेहरु फेरि अर्को योजना सफलताको
तयारीमा छन । तर हर्कबहादुरकि दिदी अस्पतालको
शैयामा चिच्याइरहेकि छिन ।
जाहा हर्कबहादुर आफ्नी दिदीको लागि
न्याय खोजीरहेका थिए !!!
सरकार शान्ति सुरक्षा र दोषी लाई कार्बाहिको
लामो उपन्यास ल्याउछ उपन्यास ल्याउनेहरु
चिल्लो गाडीहरुमा हर्कबहादुर को घर वरिपरि
घुमीरहेका हुन्छन ।
तर हर्कबहादुर आफ्नै घरमा काका बाट बलात्कार
परेकी आमाको लागि न्याय खोजिरहेका थिए !!!!
बिरमानी ढकाल
प्रतिक्रिया दिनुहोस