रुकुममा स्थानीय शासन सञ्चालन अभिमुखिकरण तालिम सम्पन्न


कर्मसहि घर्ती मगर/रुकुम पूर्व , २३ पुस २०७४

पुथा उत्तरगंगा गाउँपालिकाको कार्यालयको आयोजनामा सञ्चालित “स्थानीय शासन सञ्चालन सम्बन्धि २ दिने अभिमुखिकरण तालिम” २०७४/०९/२२-२३ रुकुमकोट रुकुम पूर्वमा आयोजना गरियो । पहिलो दिनको आयोजनामा जिल्ला न्यायाधीश दुर्गा प्रसाद भुसालले उदघाटन गरिएको उक्त कार्यक्रम आज पनि सञ्चालित भयो । आजको तालिममा मालपोत कार्यालयका प्रमुख हरिजंग शाह र निमित्त सिडियो गोकर्ण प्रसाद पुनले गाउपालिका अन्तर्गतका वडाध्यक्ष र सहयोगीहरुलाई स्थानीय शासन सञ्चालन अभिमुखिकरण सम्बन्धि तालिम दिनु भएको थियो ।

पहिलो चरणमा मालपोत कार्यालय प्रमुख हरिजंग शाहले मालपोत सम्बन्धि जनप्रतिनिधिहरुले गर्नु पर्ने कामहरु र सचेतता अप्नाउनु पर्ने कुरा बारे आफ्नो धारणा राखेका थिए । उनले जग्गा सम्बन्धि विभिन्न शिर्षकमा अप्नाउनु पर्ने कानूनी आधारहरुको बारेमा जनप्रतिनिधिलाई सचेतता हुन आहग्रह गरे । कसरी सिफारिस गर्नु पर्ने भन्नेबारे प्रशिक्षण दिएका थिए ।

दोस्रो चरणमा निमित्त सिडियो गोकर्ण प्रसाद पुनले जनप्रतिनिधि र कर्मचारीको बीचमा सुमधुर सम्बन्धको आवश्यकता हुनु पर्ने बताए । एकले अर्कोलाई खुलापनका साथ सहयोग गर्ने कुरामा ध्यानाकर्षण गरे । एउटाले म जनप्रतिनिधि हुँ भन्ने दम्भ लिने र अर्कोले म लोक सेवा पास गरेर आएको कर्मचारी हुँ भन्ने अहम् त्यागेमा जनताले ऊचित समयमा आफ्नो कामकाज गर्न पाउने प्रयाप्त वातावरण हुने छ । यस्तो वातावरण सबैले सृजना गर्नु पर्नेमा जोड दिए ।

उनले नागरिकताको बारेमा सिफारिस गर्ने सम्बन्धमा विभिन्न शिर्षकमा वडा अध्यक्षले जान्नै पर्ने कुराहरुको बारे प्रससिक्षण दिए । दुविधा परेको खण्डमा अनुमानले मात्र काम नगराैँ । यसले भोलीको दिनमा कानूनी व्यवधान नआओस् । यसमा जनप्रतिनिधि सचेत हुनु अत्यावश्यक हुन्छ , भने ।

आयोजक गाउँपालिजाका प्रवक्ता भिम बहादुर मल्लको सहजिकरणमा उक्त कार्यक्रम सञ्चालित भएको थियो । चुनावताका यो पक्ष र ऊ पक्ष भए पनि अहिले हामी सबै जनप्रतिनिधि हाैँ । कुनै पनि पुर्वाग्रह नगरेर जनताको काम तदारुकताका साथ लाग्नु पर्छ । त्यसैले विना कन्जुस्याइँ सबै तह र तप्का मार्फत आएको कामकार्यलाई एकदम जिम्मेवारीपूर्वक कार्यान्वयनमा लाग्नु हाम्रो परम कर्तव्य हो । प्रवक्ता भिम बहादुरले बताए । उनले गाउँ पालिका अन्तर्गतका वडा अध्यक्षहरुको कामकर्यमा सहजता ल्याउन उत्प्रेरणा जागिस् र छोटो अवधिमा जनप्रतिनिधिहरु योग्य होऊ्न भन्ने हेतूले यो अभिमुखिकरण कार्यक्रम आयोजना गरेको उनको दाबी ।

२४ पुष २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको