विप्लव र प्रकाण्ड बीच विवादको हल्ला केवल वेतुकको हौवा मात्रै…!


दुल बहादुर रोका (कमरेड चट्टान)/ पोष्टपाटी । पछिल्लो समय कतिपय विभिन्न अनलाइनहरुमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड विच विवाद बढेको र छुट्टाछुट्टै कमिटी गठन भएको भनेर समाचारहरु अाईराखेका छन ।

तिनै अनलाइनहरुले विवादको बिषय के थाहा पाए वा पाएनन् त्यो फरक कुरा होला तर एउटा सत्य के हो भने ति अनलाइनहरुले समाचारले सत्यता बुझ्ने कोसिस गरेको देखिएन ।

नत ति अनलाइनले पार्टी स्रोतमा बुझ्ने कोशिस गरे, नत यो वास्तविक कुरा थियोे ।

विवादको हल्ला चलाउने मुख्यतः पार्टीबाट भर्खरै कारबाही परेर निष्कासित भएकाहरुका अफवाह सिवाय अरु केही होइन र थिएन पनि ।
जुन छुट्टाछुट्टै कमिटीको प्रशङ्ग छ त्यो सयमा १०० प्रतिशत झुट हो । पार्टी निर्णयको बिरुद्ध गएर पार्टीबाट निष्कासितहरुले बाहिर के गर्छन कस्तो कमिटी गराउछन त्यो धेरै महत्त्वको कुरा होइन ।

क्रान्तिकारी पार्टीको सदस्य बन्ने न्युनतम योग्यतामा फेल भएर पार्टीबाट निष्कासितहरुले पार्टीका नाम भजाएर केही स्वार्थ लुटने योजना बरु तिनै अराजकहरुमा देख्न पाईन्छ ।

मङ्सिर ८ को काठमाडौको जनप्रदर्शन पछि देशभर हाम्रो पार्टीको जुन जनलहर बढेको छ र जनताले हामी प्रति अाशा र भरोसा गरेका छन त्यहि विचमा केही प्रतिक्रियावादीहरु सग साठगाठ गरेर पार्टीबाट कारबाही परेकाहरुले पार्टी र नेतृत्व विरुद्ध विभित्र भ्रमहरु फैलाईरहेका छन।

उनिहरु अाफ्नो स्वार्थ पुरा नभएपछि पार्टी नेतृत्व विच रहेको वलियो एकतालाई अनावश्यक प्रचार गरेर पार्टी कमजोर बनाउन प्रतिक्रियावादीहरु सगँ साँठगाँठमा लागेको देखिन्छ ।

पार्टीका महासचिव र प्रवक्ता अन्य स्थायी समितिका नेताहरुको एकजुटले सबै निर्णय र सबै जवस मोर्चा चयन भएको सबैलाई सर्वविदितै छ तर केही कामचोर र अराजकहरुले विप्लव र प्रकाण्ड विच विवाद बढेको अनावश्यक भ्रम फैलाएर पार्टी र नेतृत्व प्रति जनताको विश्वास र भरोसालाई घटाउने दुष्प्रयास गरेका छन ।

उनिहरु क्रान्तिकारी भएको हौवा पिटाउदै प्रतिक्रियावादीको सच्चा सेवक बन्ने र सुचना बेचेर खाने योजना असफल भएपछि पार्टीमा हुदै नभएको विवाद अनावश्यक हल्ला मच्चाउने र पार्टीलाई कमजोर गराउने षड्यन्त्रमा लागेका छन ।

यदि उनिहरु क्रान्तिकारी हुन भने पद नपाएको अाक्रोस पोख्दैनथे, क्रान्तिकारीहरु पद भन्दा कामलाई ध्यान दिन्छन्, योगदानलाई ध्यान दिन्छन् । को नेता भयो ? भन्ने कुरा सहायक हो, अाफुहरु नेता भए क्रान्ति हुने, अाफुले भनेको भए क्रान्ति हुने नत्र पार्टी निर्णयले गरेको कुरा गैरक्रान्तिकारी हुने यो कहाँको क्रान्तिकारीता हो, यो त अराजकता हो ।

क्रान्ति र पार्टी नेतृत्वको नाम बेचेर निहित स्वार्थमा बिकेकाहरु अाफुले भनेको पद नपाए पछि अाफुले चाहेको स्वार्थ नभेटेपछि पार्टी र नेता विरुद्ध अनावश्यक अारोप लगाउदै अान्दोलन लाई नै कमजोर पार्न लाग्छन जो अहिले त्यहि गर्दैछन् ।

यि यस्ता नक्कलि नामरुपि अराजक क्रान्तिकारीहरुबाट सचेत हुदै वास्तविक क्रान्तिकारीहरु अगाडि बढनु पर्छ, यो हाम्रो मुख्य जिम्मेवारी हो ।

२१ मंसिर २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको