स्याअाेमि रेडमी नाेट सिक्स प्राे नेपाली बजारमा


मङ्सिर २१ काठमाडौ । स्याअाेमि रेडमी नाेट सिक्स प्राे नेपाली बजारमा उपलब्ध भएकाे छ । क्वाड क्यामेरा सहितकाेे उक्त माेबायल रेडमी नाेट फाइभ एअाई लाई अपग्रेड गरेर नेपाली बजारमा ल्याइएकाे कम्पनिले जनाएको छ।

याे माेबायललाई क्वालकाेम स्न्यापड्रयागनले अाधुनिक अाधुनिक तरिकाले डिजाइन गरिएको छ। उक्त माेबायलमा ६३६ अक्टाकाेर प्राेसेसर एअाई पावर्ड क्वाड क्यामेरा सहित २ दिनसम्म चल्ने ४ हजार एमएएच ब्याट्री प्रयाेग गरिएको छ। साथै यसमा उच्च गतिमा चल्ने एलपिडिडी अारफाेरएक्स र्याम प्रयाेग गरिएको छ।

रेडमी नाेट सिक्स प्राे मा फ्रन्टमा २० मेगापिक्सेल प्लस २ मेगापिक्सेल एअाई क्यामेरा छ।रियर क्यामेरा १२ मेगापिक्सेल प्लस ५ मेगापिक्सेल एअाई डयुल रहेकाे छ।जसकाे माध्यमबाट कम प्रकाशमा पनि सफा तस्बिर खिच्न सक्छ।यसमा १९:९ एसपेक्ट रेसियाे र नट्चसहितको ६:३६ ईन्च एफएचडी प्लस अाइपियस डिस्प्ले रहेकाे छ।

यसमा हाइब्रिड सिमस्लटबाट मेमाेरी बढाउने सुबिधा समेत रहेकाे छ। याे फाेनका प्रयाेगकर्ताले सफ्ट फाेन कभर सित्तैमा पाउनेछन। याे फाेन ३ जिबि र्याम ३२ जिबि राेम र ४ जिबि र्याम र ६४ जिबि राेममा उपलब्ध रहेकाे छ। यसकाे मूल्य क्रमशः २४ हजार ९ सय ९९ र २८ हजार ९ सय ९९ रहेकाे छ। रेडमी नाेट फाइभ एअाई ले उपभोक्त काे विश्वास जितेकाे थियाे।

२१ मंसिर २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको